पोखरामा मोटरसाइकल एकापसमा ठक्कर खाँदा ३ घाइते

पोखरा न्यूज – १४, साउन । पोखरामा मंगलबार दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।

पोखरा नयाँबजार स्थित गण्डकी मिनि मार्केट अगाडी  ग १६ प ६५५० र  ग १ प ४०६५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार  ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा ग १६ प ६५५० नम्बरको मोटरसाइकल चालक पोखरा -२२ स्तुपाका  २४ बर्षीय गणेश देबकोटा, सोहि मोटरसाइकलको पछाडी सवार २४ बर्षिया समिक्षा अधिकारी तथा ग १ प ४०६५ नम्बरको  मोटरसाइकल चालक पोखरा – ५ मालेपाटनका  २४ बर्षीय बुद्व लामा  घाइते भएको  प्रहरीले उल्लेख गरेको छ  ।

ठक्करबाट घाइते भएका तिनै जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

घटनाको वारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ   ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button