तनहुँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु

पोखरा न्यूज – ०४, असोज । तनहुँमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बाग्लुङबाट सुनौली जाँदै गरेको बसले शनिबार  बिहान आबुँखैरेनीमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार  सुनौली जाँदै गरेको लु१ख ८००२ नम्बरको बसले बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्ग अन्तर्गतको आबुँखैरेनीमा ठक्कर  दिँदा गोरखा घर भई आबुँखैरेनी बस्दै आएका २८ वर्षका यमबहादुर थापाको मृत्यु भएको हो ।

प्रहरीले  बस र ड्राइभरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button