अमेरिकाको साउथ क्यारोलिनामा अन्धाधुन्ध गोली प्रहार, २ को मृत्यु, ८ घाइते

पोखरा न्यूज – ०५ असोज । अमेरिकाको दक्षिण क्यारोलिना राज्यमा शनिबार सबेरै एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान करिब २:४५ बजे लाङ्कास्टर नजिकैको ओल्ड स्कुल स्पोर्ट्स बार एन्ड ग्रीलमा भएको गोलीकाण्डमा अन्य आठजना घाइते भएका लाङ्कास्टर काउन्टी सेरिफको कार्यालयले जानकारी दिएको हो ।

सुरक्षा अधिकारीहरुले बन्दुकधारी फरार रहेको र वरिपरिका सबैलाई सतर्कता अपनाउन पनि अपिल गरेका छन् । घटनाको उद्देश्य स्पष्ट नभई सकेतापनि घटना आतंकवादी हमला नभई स्थानीय झै झगडाको कारणले भएको पनि प्रहरीले जनाएको छ ।

अमेरिकामा सामान्य भइसकेको यस्ता आक्रमणमा ज्यान गुमाउनेको संङ्ख्या निरन्तर बढिरहेतापनि बन्दुकसम्बन्धी खुकुलो कानुनले यस्ता घटना पछिल्लो समय झन ब्यापक बनेको देख्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button