पोखरामा धुर्मुस र सुन्तलीले उद्घाटन गरे ५ करोड लगानीको पानी पँधेरो

आर.आर. पौडेल ,पोखरा न्यूज- ५, असोज । हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मस र कुञ्जना घिमिरे सुन्तली आइतबार पोखरामा देखिए । उनीहरु पोखराको बगरमा सञ्चालनमा आएको पानी पँधेरो डिपार्टमेन्टल स्टोर्सको उद्धघाटन गर्न पोखरा आएका थिए ।

निर्धारित समय भन्दा झण्डै दुईघण्टा ढिलो कार्यक्रम स्थलमा पुगेका उनीहरुले स्टोर्सको रिबन काटेर औपचारिक उद्घाटन गर्दै युवा व्यवसायीको उत्साहको बारेमा खुलेर प्रशंसा गरे ।

पोखरा आफुलाई मनपर्ने ठाउँ भएको बताउदै सिताराम कट्टेल धुर्मसले व्यवसाय सगै सामाजिक कार्य समेत गर्न सुझाए । कुञ्जना घिमिरे सुन्तलीले भने तहाँ कार्यरत महिला कर्मचारीको प्रशंसा गरिन् । अब नारी शक्तिशाली हुदै जानुपर्नेमा उनको जोड थियो ।

बगर, सिम्पानी क्षेत्रका मानिसलाई सपिङ सहज बनाउन भीमकालीपाटन, बगरमा सञ्चालनमा ल्याएको स्टोर्समा कुमार प्रसाद बराल, खिम प्रसाद तिमिल्सीना, कुलदिप भट्टराई, पशुपति श्रेष्ठ, किशोर सुवेदी, कासीराम शर्मा, धनकुमारी गुरुङ, प्रकाश गुरुङ, आषासिं ठकुरी, ढाकामोहन बास्तोला, डा. ढाकाकुमार श्रेष्ठ, कमल घिमिरे, शंकर कार्की, हिरा थापा र ज्योतीप्रकाश ढुंगानाको लगानी रहेको छ ।

पोखरामा व्यापार, व्यवसाय गरेका र वैदेशिक रोजगारीमा गएर फर्किएका उनीहरुको करिब ५ करोड लगानीमा स्टोर्स सञ्चालनमा आएको हो । पोखराका विभिन्न क्षेत्रमा शाखा खोल्ने समेत योजना रहेको सञ्चालक मध्येका एक कुमार प्रसाद बरालले बताए ।

स्टोर्समा खाद्यान्न, रेडिमेड कपडा, किचन आइटम, कस्मेटिक, गिफ्ट, जुत्ता, चप्पल, रेस्टुरेन्ट, मदिरा लगायतका सामग्री पाइनेछ । आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएपनि भदौ १३ गतेबाटनै स्टोर्सले अनौपचारिक रुपमा सेवा सुरु गरिसकेको थियो ।

वेबसाइट पानीपँधेरोस्टोर्स डट कमबाट अनलाइनमा कारोबार र होम डेलिभरी पनि गर्ने लगानीकर्ताको भनाइ छ । होलसेल मूल्यमा सबैजसो सामान एकै ठाउँबाट उपलब्ध गराई पोखरेलीलाई सपिङको वास्तविक मज्जा दिनु आफुहरुको उद्धेश्य भएकोले ग्राहकको साथ सर्पोट पाउनेमा उनीहरु आशावादी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button