पाकिस्तानमा शक्तिशाली भुइँचालो: ५ को मृत्यु, दर्जनौँ घाइते

पोखरा न्यूज – ०७, असोज । पाकिस्तान प्रशासित काश्मिरमा आज अपरान्ह ४ बजे ५.९ रेक्टर स्केलको भुइँचालो जाँदा ५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

काश्मिरको न्यु मिरपुर सिटीलाई केन्द्रविन्दु पारेर गएको भुइँचालो लाहोर देखि राजधानी इस्लामावादसम्म महसुस गरिएको बताइएको छ । भुइँचालोको गहिराई जमिनको सतह भन्दा १० किलोमिटर भित्र भएको संयुक्त राज्य अमेरिकाको जिओलोजिकल सर्भेले जानकारी दिएको छ ।

भुइँचालो गए सँगै सडकहरु भासिएको र चिरा परेको तस्वीरहरु सामाजिक सञ्जाल भरि देखिएका छन् । भारत शासित काश्मिरको श्रीनगरबाट भुइँचालोको केन्द्रविन्दु १ सय ४० किलोमिटरको दुरीमा रहेको छ ।

भुइँचालो धक्का भारततर्फ चन्डीगढ देखि राजधानी नयाँ दिल्लीसम्म पनि महशुस गरिएको थियो । घटनाको विस्तृत विवरण नआइसकेकाले मृतकको सङ्ख्या बढ्न सक्ने भारतिय संचार माध्यमले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button