भारतीय चन्द्रयान २: अवतरण हुनुपर्ने ठाउँमा केही भेटिएन

पोखरा न्यूज – १० , असोज । नासाले भारतको महत्वाकांक्षी चन्द्रयान अभियान अन्तर्गतको दुर्घटनाग्रस्त रोभर विक्रमको लक्षित अवतरण स्थलको तस्वीरहरु सार्वजनिक गरेको छ । अवतरण स्थल भनिएतापनि तस्वीरमा भने विक्रम रोभरको कुनै अवशेषसम्म पनि देखिएको छैन ।

चन्द्रयान-२ प्रक्षेपणको १ महिना पछि सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तय गरिएको थियो । सतह भन्दा २.१ किलोमिटर माथि भएको अवस्थामा ल्याण्डर विक्रममा खराबी आएपछि उक्त यान हार्ड ल्याण्डिङ भएर सम्पर्कविहीन बनेको थियो ।

नासाका अनुसार तस्वीरहरु साँझपख लिइएकाले ल्याण्डर जमिनको सतहमा छाँयामुनि कतै छोपिइरहेको हुनसक्छ । तस्वीरहरु लुनार रिकोनेसेन्स अर्विटर क्यामेरा क्विकम्याप नामक मुन अर्विटरले अवतरण स्थल घुम्दै गर्दा खिचेको थियो ।

यानलाई सफलतापुर्वक अवतरण गराएको भए भारत चन्द्रमा सतह विजय गर्ने चौथो राष्ट्र बन्ने थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button