व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न सोधेको भन्दै साम्राज्ञी रिसाएपछि…

आर.आर. पौडेल, पोखरा न्यूज – २५, असोज । प्रविधिका कारण विश्व साघुँरो बनिसकेको छ । एक ठाउँमा भएका घटना, गतिविधि, जानकारी एकैछिनमा विश्वभर भाइरल हुने समय आइसकेको छ । तरपनि नेपाली चलचित्रको प्रचारप्रसार गर्ने शैलि एउटै खालको देखिन्छ । विभिन्न शहरमा देश दौडाह भन्दै निस्कियो । प्रेस मिट ग¥यो । कतिपय ठाउँमा कन्र्सट समेत ग¥यो ।

चलचित्रको बारेमा रेडिमेड जवाफ दियो । भिवर यति छन्, ट्रेलर यस्तो, गीत यस्ता, चलचित्र राम्रो बनेको छ, फरक छ, नयाँपन दिएका छौ यस्तै–यस्तै । यो सुन्दासुन्दै दर्शक मात्र हैन पत्रकार समेत वाक्कदिक्क भइसके । यस्तै भयो केहि समय अगाडी चलचित्र मारुनीको बारेमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा पनि । निर्धारित समय भन्दा ढिला गरी सुरु भएको पत्रकार सम्मेलनमा सूरुमा चलचित्र युनिटले रेडिमेड कुरा बोले ।

जब फ्लोर ओपन गरियो तब पत्रकारका प्रश्न चलचित्रकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तर्फ सोझियो । नसोझियोस् पनि कसरी केहि समय अगाडी भाइरल भएको तस्विर, त्यसपछाडि उनले दिएको विवादास्पद अभिव्यक्ति ताजै थिए । तर प्रत्यक्ष रुपमा उनीसँग प्रश्न सोधेर विषयवस्तुको बारेमा आफु क्लियर हुने र आफ्नो मिडिया मार्फत दर्शक, श्रोता, पाठकलाई जानकारी गराउने पत्रकारको अभिलाषा पुरा हुन सकेन ।

कारण शाहले पत्रकारको प्रश्नको उत्तर दिन सहज मानिनन् । वाली घुम्दा खिचिएका तस्विर र पछिल्लो क्रममा उनले दिएको विवादित अभिव्यक्तिको बारेमा पत्रकारले जिज्ञाशा राखे । तर उनले उत्तर दिइनन् उनीसँगै रहेकी निर्माता पुनम क्षेत्री गौतमले जवाफ फर्काइन् ।

सबैको आ–आफ्नै व्यक्तिगत लाइफ हुने र त्यसलाई हेर्ने नजर अनुसार सकारात्मक तथा नकारात्मक आलोचना हुने गर्छ, कसले कतिको काम गरेको छ त्यसको एनलाइसिस हुनुपर्छ पुनमले जवाफ फर्काउदै साम्राज्ञीको बचाउ गरिन् । लगत्तै अभिनेत्री सामाज्ञीले व्यक्तिगत जीवनसँग सम्बन्धीत रहेर प्रश्न सोधेको भन्दै पत्रकारमाझ झनक्क रिसाइन् । उनले आफुले यो विषयमा एक सय वटा मिडियालाई अन्र्तवार्ता दिइसकेको र राम्रो सँग अध्ययन अनुसन्धान गरेर मात्र प्रश्न सोध्न पत्रकारलाई सुझाइन् । उत्तर दिने क्रममा उनले देखाएको एटिच्युडका कारण पत्रकारहरु निरास बने । पोखराका पत्रकारसँग अन्र्तवार्ता दिन समेत उनले मानिनन् ।

पत्रकारसम्मेलनको सूरुवातमा साम्राज्ञीले ड्रिम्सको छायाकंन पोखरामा गरी आफ्नो चलचित्रको यात्रा सुरु भएको भन्दै पोखरासँग निकटता रहेको बताउन खोजेपनि अन्त्यमा उनका यी व्यवहारले पोखराका पत्रकारको चित्त दुख्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button