कप्तानीबाट हट्ने पारस खड्काको घोषणा

पोखरा न्यूज -२८, असोज । नेपाली क्रिकेट टोलीका स्टार कप्तान पारस खड्काले कप्तानीबाट हट्ने घोषणा गरेका छन् । आज फेसबुकमा एक स्टाटस लेख्दै खड्काले राजीनामा दिएको बताएका हुन् ।

खड्काले नेपालको क्रिकेट एशोसियसनको निलम्बन फुकुवा भएकोमा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी, समर्थकलगायत सबै सम्बन्धित पक्षको हित र विकासको लागि लाग्न पनि अनुरोध गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले  हिजो मात्रै ससर्त क्यानको निलम्बन फुकुवा गरेको थियो ।

स्टाटसमार्फत पारस खड्काले आफ्ना सबै खेलाडी सहयात्री, प्रशिक्षक, अम्पायर, ग्राउन्ड्समेन, साथी र परिवारलाई धन्यवाद ज्ञापन पनि गरेका छन् । अन्डर-१५ उमेर समुहबाट नेपाली क्रिकेटमा प्रवेश गरेका खड्कालाई नेपाली क्रिकेटको लगभग सबै आरोह अवरोहका साक्षी मान्न सकिन्छ । उनैको नेतृत्वमा नेपालले आफ्नो पहिलो विश्वकप सहभागिता जनाएको थियो भने पारसकै कप्तानीमा नेपालले एकदिवसीय मान्यता पाएको हो ।

एक उत्कृष्ट व्यक्तिगत खेलाडीका अलावा एक कुशल, प्रेरणादायी नेतृत्वका रुपमा नेपाली क्रिकेटलाई डोहोर्याएका पारसको कप्तानी नेपाली क्रिकेट र समर्थकले भने सधैं मिस गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button