कास्कीको लाहाचोकमा अर्ग्यानिक ब्रोइलर कुखुरा उत्पादन

पोखरा न्यूज- ०३, कार्तिक । अब कास्कीमा अर्ग्यानिक प्रविधिबाट हुर्काइएका ब्रोइलर कुखुराको मासु खान पाइने भएको छ । बजारमा व्यापक एन्टिबायोटिक प्रयोग गरेर हुर्काइएका ब्रोइलर कुखुरा मानव स्वास्थका लागि हानिकारक हुने तथ्यलाई ध्यानमा राखि शुद्ध अर्ग्यानिक जडीबुटी उत्पादन गरि त्यसैलाई औषधिको रुपमा प्रयोग गरेर कुखुरा हुर्काउन थालिएको हो ।

पोखरा बाग्लुङ राजमार्गबाट हेम्जा मिलनचोक हुँदै करिब ३ किलोमिटरको दुरीमा रहेको रमणीयस्थल माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकमा रहेको फार्ममा स्थानिय कुमार शाही, सुशील श्रेष्ठ, लक्ष्मी नेपाली, रामकुमार नेपाली लगायतले यस नयाँ व्यवसायको सुरुवात गरेका हुन् । मान्छेमा जस्तै मौसम परिवर्तन हुँदा कुखुरामा पनि विभिन्न भाइरल रोगहरु लाग्ने हुनाले उक्त रोगहरुबाट बचाउन एन्टिबायोटिकको साटो स्थानीय रुपमै उत्पादित जडीबुटी प्रयोग गरिने कुखुरापालनमा संलग्न कृषकहरुले जनाएका हुन् । जडिबुटीको प्रयोगले कुखुराको इम्युनिटी पावर बढाउन मात्र नभई कुखुरालाई हृदयघातबाट पनि बचाउन सकिने उनीहरुको दाबी छ ।

स्वादको हकमा पनि अर्ग्यानिक ब्रोइलर कुखुरा लोकल कुखुराको भन्दा कम नभएको कृषकहरु बताउँछन् l अर्ग्यानिक कुखुराको मासु खाँदा हाम्रो शरीरमा चाहिने प्रोटिन भिटामिन प्रशस्त मात्रामा पाइने र उक्त विधिबाट कुखुरा उत्पादन गर्दा औषधिको मूल्य कम भएर लागत मुल्य समेत घट्ने कृषकहरुले जानकारी दिए l मासुको स्वाद समेत लोकलको जस्तो भएको कारण गाउँमा यसको बिक्रि बढेको पनि उनीहरुले बताए l एक अर्ग्यानिक कृषक सुशील श्रेष्ठले एकपटक आफ्नो कुखुराको मासु खाएको व्यक्तिले राम्रो प्रतिक्रिया सहित फेरी अर्ग्यानिक कुखुरा नै अडर गर्ने गरेको बताए l

जडीबुटी प्रयोग गरी अर्ग्यानिक ब्रोइलर उत्पादन गरे उपभोक्ताले बजारमा बिषादी रहित मासु खान पाउने साथै कृषकलाई पनि एन्टिबायोटिक औषधी किन्दा लाग्ने खर्च कटौती भएर लागत मुल्यमा घट्न सक्छ l यसका लागि सरकारले उचित अनुसन्धान गरेर स्थानीय उत्पादनलाई बढावा दिन सहयोग गर्नु पर्ने देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button