कोरला व्यापार मेलाबाट साढे ५ लाख बढी राजश्व संकलन

 कमल खत्री,  पोखरा न्यूज -०६, कार्तिक । मुस्ताङ र चिनको सिमाना कोरला नाका एक साता लामो अन्तरदेशिय व्यापार मेला सम्पन्न भएको छ । उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित गरि चिनियाँ भुमिमा सञ्चालन गरिएको कोरला व्यापार मेलाबाट साढे ५ लाख बढी राजश्व संकलन भएको छ ।

व्यपार मेलाबाट सामान आयात गरेका उपल्लो मुस्ताङबासीबाट रु ५ लाख ६१ हजार ४ सय ६ राजश्व संकलन भएको छोसेर स्थित नेचुङ भन्सार कार्यालयले जनाएको छ । असोज २४ गतेबाट व्यापार मेला सुरु गरिएको भएपनि कारोबार भने एक सातामात्रै भएको छोसेर भन्सार कार्यालयका प्रमुख यादवराज पहाडीले जानकारी दिए ।

चिनियाँ व्यापार मेलामा सिमावर्ती क्षेत्र लोमनथाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयले मात्रै इलाका प्रशासन कार्यालयले जारी गरेको प्रवेश कार्ड लिएर सामान खरिद विक्रि गरेका हुन् । व्यापार मेलामा ३९ जनाले मात्रै व्यापार मेलाबाट कारोबार गरेको भन्सार कार्यालयले जनाएको छ ।

व्यापार मेलाबाट सामान आयात गरेका स्थानीयबाट पैठारी महशुस रु ३ लाख १३ हजार १ सय २८, मुल्य अभिबृद्धि कर रु २ लाख ७ हजार ३ सय ६६, भन्सार सेवा दस्तुर रु १२ हजार ५ सय, अन्तसेवा शुल्क रु २८ हजार ४ सय १२ संकलन गरिएको कार्यालय प्रमुख पहाडीले बताए ।

चालु आर्थिक बर्षमा यस भन्सार कार्यालयले रु १६ लाख ८८ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गत असार ७ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको व्यापार मेलामा रु ७ लाख २५ हजार ७ सय ५३ राजस्व संकलन भएको थियो । हरेक बर्ष असार र भदौमा गरि दुई पटक कोरला व्यापार मेला सञ्चालन हुँदै आएको थियो । यस पटक भने भदौमा हुने व्यापार मेला ढिला गरि दशैँ पछि सञ्चालन भएकाले लक्ष्य अुनसार कारोबार नहुँदा राजश्व संकलन घटेको भन्सार कार्यालयले जनाएको छ ।

हिउँदभर पुग्ने गरि सामाग्री भण्डारण गर्नुपर्ने भएकाले यो व्यापार मेला उपल्लो मुस्ताङबासिको लागि अत्यन्तै उपयोगी हुने गरेको छ । व्यापार मेलाबाट उपल्लो मुस्ताङका स्थानीयले बर्षभरी आबश्यक पर्ने दैनिक उपभोग्य बस्तु, खाद्यान्न, लत्ताकपडा, निर्माण सामाग्री, विद्यूतिय उपकरण लगायतका सामाग्री खरिद गरि ल्याउने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button