लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय महाधिवेशन पोखरामा हुँदै

आर.आर. पौडेल, पोखरा न्यूज – १५, कार्तिक । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय महाधिवेशन पोखरामा हुने भएको छ । आगामी मंसिर ६ गते देखि ८ गतेसम्म पोखरामा हुने महाधिवेशको तयारीलाई तिव्रता पारिएको छ । तयारीकै क्रममा सह—आयोजकको जिम्मेबारी पाएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश कमिटिले महाधिवेशनलाई केन्द्रित गरी सचिवालय स्थापना गरेको छ ।

सचिवालयको केन्द्रिय अध्यक्ष बद्री पंगेनीले उद्घाटन गरे । उद्घाटन गदै अध्यक्ष पंगेनीले पोखरामा आयोजना हुने सातौ महाधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने संयोजक समेत रहेका पंगेनीले बताए ।

प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष एवं सातौ महाधिवेशनका सह—संयोजक सुरेन्द्र गुरुङले प्रदेशका सम्पुर्ण पदाधिकारीलाई महाधिवेशनको पूर्व तयारीमा लाग्न आग्रह गरे । गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्ष तथा नेपाल सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा महाधिवेशनले टेवा पु¥याउने हुँदा प्रदेश सरकारबाट प्रतिष्ठानले ठूलो अपेक्षा राखेको गुरुङको भनाई थियो ।

महाधिवेशन सम्पन्न गर्न २११ सदस्य रहने गरी मुल आयोजक समिति गठन गरिएको छ । जस्मा सचिवालय समिति, प्रचारप्रसार समिति, आर्थिक श्रोत परिचालन समिति, अतिथि सत्कार समिति, यातायात व्यवस्थापन समिति, आवास व्यवस्थापन समिति, मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन समिति, साँस्कृतिक कार्यक्रम व्यवस्थापन समिति, भोजन व्यवस्थापन समिति, स्वयंसेवक व्यवस्थापन समिति, झाँकी व्यवस्थापन समिति, मूल सुरक्षा व्यवस्थापन समिति, ¥याली व्यवस्थापन समिति, प्रमुख अतिथि,अतिथि तथा उद्घाटन समारोह व्यवस्थापन समिति, मायाको चिनो तथा सम्मान व्यवस्थापन समिति, प्रथामिक उपचार व्यवस्थापन समिति,खाजा तथा जलपान व्यवस्थापन समिति, महाधिवेशन श्रृङगार समिति, ७ औं महाधिवेशन अनुगमन तथा मुल्याङकन समिति, समाचार तथा सुचना सम्प्रेषण समिति, आकस्मिक कार्य व्यवस्थापन समिति, निमन्त्रणा पत्रचार उपसमिति, पूर्व तथा निवर्तमान पदाधिकारी समन्वय समिति र महिला समन्वय समिति रहेका छन ।

सचिवालय उद्घाटन कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्षहरु प्रजापती पराजुली र पुरुषोत्तम न्यौपानेले समेत आफ्नो भनाई राखे । नयाँ नेतृत्व चयन हुने भएकोले अधिवेशनको सरगर्मी सुरु भइसकेको छ । भित्रभित्रै दावेदारहरुले भेटघाट र छलफललाई तिव्रता दिन थालेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button