नेपाल निर्माण व्यवसायी संगठन गण्डकीको अध्यक्षमा बराल

दीननाथ बराल, पोखरा न्यूज – १९, कार्तिक ।  नेपाल निर्माण व्यवसायी संगठन गण्डकी प्रदेशको प्रथम अधिवेसनबाट आनन्द बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

नेकपा निकट उक्त संगठनको मंगलबार पोखरामा सम्पन्न भएको अधिवेसनले संगठनको उपाध्यक्षमा हरि भण्डारी, सचिवमा सुवर्ण श्रेष्ठ, सहसचिवमा वसन थापा, कोषाध्यक्षमा सुर्य भण्डारी सहित ३ बर्षीय कार्यकालको लागि ३५ सदस्यीय नयाँ कार्य समिति चयन भएको जिल्ला सचिव कृष्णप्रसाद पोख्रेलले बताए ।

यस अघि उक्त अधिवेसनको उद्घाटन गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दै उनले निर्माण व्यवसायीहरुले कुनै पनि भौतिक संरचना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

प्रदेश इन्चार्ज उत्तम भट्टको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेकपा गण्डकीका अध्यक्ष हितराज पाण्डे, कास्कीका इन्चार्ज राजकाजी गुरुङ, जिल्ला अध्यक्ष कृष्ण थापालगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button