तनहुँमा ३ दिनदेखि बेपत्ता महिला मृत फेला

पोखरा न्यूज – १९, कार्तिक ।  तीन दिनदेखि बेपत्ता महिला आज मृत फेला परेकी छिन् । तनहुँको व्यास नगरपालिका–५ अलैँचेकी ४५ वर्षीया गीता सुनार मृत भेटिएकी हुन् ।

शनिबारदेखि हराइरहेकी सुनार घर नजिकैको खोल्सामा मृत भेटिएकी व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

सुनारको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button