प्रहरीद्वारा ७० कठ्ठा जमिनमा लगाइएको गाँजाखेती नष्ट

पोखरा न्यूज – २२, कार्तिक । प्रहरीले गाँजाखेती फँडानी अभियानलाई पुनः निरन्तरता दिएको छ । यस वर्ष गाँजाको ब्याडदेखि नै गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

प्रहरीले आज ७० कठ्ठाभन्दा बढी गाँजाखेती नष्ट गरेको हो । प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठलगायतको टालीले राक्सिराङ्ग पुगेर गाँजाखेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरी, सशस्त्र प्रहरी गण, दङ्गा नियन्त्रण प्रहरी गणलगायत कार्यालयबाट गएको ८१ जनाको टोलीले गाँजाखेती नष्ट थालेको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button