मलेसियामा अन्तराष्ट्रिय फेसन विकमा नेपाली मोडल

आर.आर. पौडेल, पोखरा न्यूज- २५ कार्तिक । हालै मलेसियाको इपो शहरमा फेसन विक आयोजना भएको थियो ।

यो अन्तराष्ट्रिय इपो फेसन विकमा नेपाली मोडल सहभागी बने । जुन फेसन विकमा नेपाल सहित चाइना, इन्डिया, मलेसिया, इन्डोनेसिया, जापान, सिंगापुरका ४६ मोडल र्याम्पमा देखिए । नेपालबाट ५ पुरुष र २ महिला मोडल सहभागी बनेका हुन् ।

 

जसमा अनिल अधिकारी, बाबु सागर गिरी, प्रकाश अधिकारी, पोसन शर्मा, सेरब शेर्पा, हेमा हमाल र ज्योती थापा थिए । नेपालका डिजाइनर ज्वाला प्रोखेल र जय थापा पनि सहभागी बने ।

फेसन विक तीन दिनसम्म चलेको थियो । खालिक मुस्ताफाको कोरियोग्राफिमा मोडल ¥याम्पमा देखिएका हुन् । ब्रिजेश इन्टरटेनमेन्टले कार्यक्रमको आयोजना गरेको हो ।

फेसन विकमा हरेक दिन १२ विभिन्न सिक्वेन्स मार्फत ¥याम्प वाल्क गराइएको पोखराबाट सहभागी बनेका मोडल अनिल अधिकारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button