सुनको मूल्यमा वृद्धि

पोखरा न्यूज- २५ कार्तिक । साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ सयले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाल सुनको प्रतितोला रु ७१ हजार २ सय  निर्धारण गरेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २ सयले वृद्धि भई रु ७० हजार ९ सय  पुगेको छ ।

आज छापावाल सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला रु ७० हजार ७ सयमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी रु ५ ले वृद्धि भई प्रतितोला रु ८ सय ४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button