चिलीमा प्रदर्शनकारीमाथि यस्तो क्रुर दमन

पोखरा न्यूज २९, कार्तिक । चिलीमा प्रहरी र प्रदर्शनकारीबीच हुँदै आएको झडपमा प्रहरीले आँखामा गोली प्रहार गर्ने जस्तो निर्दयी हतकण्डा अपनाउँदा त्यहाँ २ सय ३० भन्दा बढीको आँखाको ज्योती गुमेको छ ।

अक्टोबर १८ मा सबवे भाडामा वृद्धि भएको विरोधमा विद्यार्थीले शुरु गरेको आन्दोलन विस्तारै सामाजिक समताजस्ता मुद्दामा प्रवेश गरे सँगै अझ उग्र बन्न थालेको थियो । यसै क्रममा धनी र गरिबबीचको खाडल कम गराउनु पर्ने, स्वास्थ सेवा र शिक्षाका क्षेत्रमा सुधार, पेन्सन प्रणाली तथा संविधानमासमेत आमूल परिवर्तन जस्ता माग राखी सिङ्गो राष्ट्र नै आन्दोलित भएको थियो ।

आन्दोलन व्यापक हुन थालेसँगै प्रहरीले दमनस्वरुप आँखामा गोली प्रहार गर्न थालेको थियो । प्रहरीले चलाएको लिड र रबरको गोलीबाट ५० भन्दा बढीले प्राकृतिक आँखा गुमाएका छन् । चिलीको मेडिकल कलेजका उपाध्यक्ष प्याट्रिसियो मेजाले भने, ” घाइते ५० भन्दा बढीलाई अब प्रोस्थेटिक आँखाको खाँचो पर्नेछ जसको अर्थ उनीहरु आफ्नो प्राकृतिक दृश्य शक्ति गुमाउनेछन् ।”

यसरी गोली प्रहारबाट घाइते हुनेहरुको औसत उमेर ३० वर्ष रहेका छ । मेजाले थपे, ” यो एक गम्भीर स्वास्थ संकट हो र विगत तीन सातामा हामीसँग आँखामा गोली प्रहारसम्बन्धी कैयौं समस्याहरु आएका छन् ।” आन्दोलनकारीहरुले प्रहरीले सिधा आँखामा ताकेर गोली प्रहार गरेको आरोप लगाएका छन् भने प्रहरीले पेलेट गोली गम्भीर अवस्थामा मात्र प्रयोग गरिएको जनाएको छ ।

आन्दोलन शुरु भएको दुई सातामै चिलीमा सांगठनिक हिंसाका एक हजार ८९ आरोप दर्ता गरिएको छ जस मध्ये ७० प्रतिशत आरोपहरु सिधै प्रहरीसँग सम्बन्धित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button