पोखरामा विना लाइसेन्स मापसे गरेर सवारी चलाउदा भएको दुर्घटनामा २ घाइते

पोखरा न्यूज – १, मंसिर ।  पोखराको जिरो किलोमिटरमा जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

बाग्लुङ् बसपार्कबाट जिरो किलोमिटर तर्फ आउदै गरेको ग१ज ६४७९ नम्बरको टाटा सुमो जिप तीव्र गतिमा सडक छेउको फुटपाथको विजुलीको पोलमा ठोक्किदा २ जना घाइते भएको प्रहरीले जनाएको छ । पोलमा ठोकिए पश्चात पोलले थिचेको जिपलाई दुईवटा क्रेनको सहायताबाट निकाली घाइतेको उद्दार गरिएको हो ।

शनिबार राती करिव साढे ९ बजे भएको दुर्घटनामा जिप चालक बर्दिया घर भई पोखरा -५ पर्स्याङ बस्ने बर्ष २१ का नरेश चौधरी र जिपमा सवार पोखरा याम्दी घर भई पर्स्याङ बस्दै आएका  बर्ष २० का  श्रवण राउत घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले पोखरा न्यूजलाई  जानकारी दिए ।

घाइते दुबैको मेट्रो सिटीहस्पिटल पोखरामा उपचार भैरहेको छ । दुर्घटनामा परि दाहिने हात र गोडामा चोट लागेका चालक चौधरीको अवस्था गम्भीर रहेको छ । दुवै हात र गोडामा चोट लागेका अर्का घाइते राउतको अवस्था  भने मध्यम रहेको बताइएको छ ।

शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले करिव २ घण्टा लगाएर जिपलाई काटेर चालक चौधरी र जिपमा सबार राउतलाई उद्दार गरेको हो । उनीहरु दुबैले मादकपदार्थ सेवन गरेको र चालकको लाइसेन्स समेत नभएको प्रहरीले बताएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button