क्यालिफोर्नियामा फुटबल वाच पार्टीमा गोली चल्यो, ४ जनाको मृत्यु

पोखरा न्यूज -०२,मंसिर ।  संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा फुटबल हेर्दै गरेका साथीभाइ र परिवारको भेलामा गोली चल्दा ४ को मृत्यु भएको छ भने ६ जनालाई गोली लागेको छ ।

स्थानीय समय अनुसार आइतबार राति ८ बजे भएको घटनामा एक अज्ञात बन्दुकधारीले घर पछाडि भइरहेको पार्टीमा प्रवेश गरेर गोली चलाएका थिए । ती व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा २५ देखि ३० वर्ष उमेरका चारजनाको मृत्यु भएको थियो । गोली लागेका मध्ये एकको स्थानीय सामुदायिक मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य पाँचको सोही मेडिकल सेन्टर मै उपचार भइरहेको छ । अर्का एक गम्भीर घाइतेलाई भने अर्को अस्पताल लगिएको त्यहाँको प्रहरीले जनाएको छ ।

घटना भएको बेला घरमा ३५ जना रहेको र संदिग्धले हिँडेरै घटनास्थलमा अन्धाधुन्ध फायर खोलेका प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार हत्यारा र हत्याराले प्रयोग गरेको हुनसक्ने गाडीको कुनै पहिचान खुलेको छैन । प्रहरीले स्थानीय घरहरुबाट सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीबाट जानकारी हासिल गरिरहेको पनि बताएको छ ।

दुई दिन अघि मात्र क्यालिफोर्निया कै एक विद्यालयमा भएको गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button