धुलो बोकेको आँधीले अस्ट्रेलियन सहर राताम्मे

पोखरा न्यूज -०५, मंसिर । अस्ट्रेलियाको भिक्टोरिया राज्यअन्तर्गतको मिल्डुरा सहर बिहिबार धुलो बोकेको आँधीले राताम्मे बन्न पुग्यो । धुलो सहितको आँधी सहर प्रवेश गर्दा त्यहाँको आकाश सुन्तला रङ्गको बन्न पुगेको थियो भने भिजिबिलिटी निकै कम भएको थियो ।

धुलाम्मे आँधीले ४० किलोमिटर प्रति घण्टाको वेगमा हावाहुरी ल्याएको थियो भने आकाश ढाकिँदा सहरको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो । आँधी पछि सहर मङ्गल ग्रह जस्तो देखिएको थियो । भिक्टोरियाको मौसम विभागले आँधीको कारण लामो समयदेखि जारी खडेरी भएको जनाएको छ ।

त्यस्तै धुलोले आकाश ढाकिँदा एअरपोर्टको भिजिबिलिटी घटेर ५०० मिटरमा झरेको थियो । सामान्य बेलामा एअरपोर्टको भिजिबिलिटी ४ किलोमिटरसम्म हुने गर्दछ । छिटै पानी नपरे यस्ता आँधी अरु पनि आउने मौसम विभागले बताएको छ । निरन्तरको खडेरीले खुकुलो बनाएको उपल्लो सतहको रातो माटो हावाले सजिलै उडाउँदा अहिलेको देखिएको जस्तो धुलो बोकेको आँधी आउने विज्ञहरुले बताएका छन् ।

पछिल्लो समय अस्ट्रेलियामा डढेलो, आँधी, खडेरी जस्ता प्राकृतिक प्रकोप बढेको देख्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button