पोखराको पुम्दीकोटमा विशाल महादेवको मुर्ति निमार्णको लागि स्पेनबाट सहयोग

दीननाथ बराल, पोखरा न्यूज- १०, मंसिर । पोखरा २२ को पुम्दीकोटमा हाल निमार्णाधिन अवस्थामा रहेको विशाल महादेवको मुर्तिसहितको भौतिक संरचना निर्माणको लागि स्पेनबाट  आर्थिक सहयोग प्राप्त भएको छ । कास्की समाज स्पेनले एक समारोहका बिच मंगलबार पोखरामा विशाल महादेव मुर्ती निर्माण समितिलाई १ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

समितिका अध्यक्ष चन्द्रकान्त बराल सहितको टोलीलाई गैर आवासिय नेपाली संघका सल्लाहकार पुष्पराज तिमिल्सिना, कास्की आर्दश अन्तराष्ट्रिय समन्वय परिषद कास्कीका अध्यक्ष शोभाखर भण्डारी, कार्यक्रम संयोजक गोविन्द तिमिल्सिना लगायतले उक्त रकम हस्तान्तरण गरेका हुन्।

एनआरएनका सल्लाहकार तिमिल्सिनाले ९० प्रतिशत नेपालीहरुले विदेशमा काम सिक्ने  र सुध्रिने गरेको दाबी गरे । नेपालको भन्दा राम्रो जिवन विताउने उद्धेश्यले विदेशीएको बताएका उनले विदेशमा रहेर पनि केही न केही स्वदेशको लागि सहयोग गर्नुपर्ने जनाए ।

समितिका अध्यक्ष बरालले ४० करोडको विशाल महादेवको मुर्तिसहितको भौतिक संरचना गर्ने अभियानमा स्पेनबाट सहयोग प्राप्त भएकोमा खुसि व्यक्त गर्दै कास्की समाज स्पेनलाई धन्यवाद दिएका छन्। करिब एक चौथाई काम सकिएको बताएका उनले अबको ३ बर्षमा धेरै योजना सम्पन्न गर्ने जनाए ।

परिषदका उपाध्यक्ष निरज थापाले कास्की समाज विश्वका १८ मुलुकसम्म संस्थागत ढंगले अघि बढेको जनाए । परिषदका सचिव अमृत आचार्यले आफुहरुले स्पेनमा हरेक बर्ष जसो सामाजिक कार्य गर्दै आउने क्रममा आफुहरुले गरेको आम्दानीको केही रकम सामाजिक संघ संस्थामा सहयोग गर्दै आएको बताए ।

परिषदका सदस्य शिवकुमार लामिछानेले आफुहरु कर्मले विदेशीनु परेपनि आफुहरुको मन भने नेपालमै हुने बताए । पुम्दीकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण सहितका हिमश्रृखला, विश्व शान्ति स्तुपाः, पोखरा, फेवाताल, सराङकोट, काहुँडाँडा, रानिवन लगायतको दृश्य देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button