पोखरा रंगशालामा बाँकी रहेका भौतिक संरचना पुनः निर्माण शुरु

दीननाथ बराल, पोखरा न्यूज – २५, मंसिर ।  १३ औं सागको अवसरमा पोखरामा निर्माण हुँदै गरेका भौतिक संरचना निर्माणको अधिकांश काम रोकिए पनि आज (बुधबार) देखि पुन निर्माण कार्य सुरु भएको छ ।

१३ औं साग अन्तर्गत पोखरा रंगशालामा ८ खेल सोमबार सकिएसँगै बुधबार देखि बाँकी रहेका खेलकुदका भौतिक संरचना निर्माणको काम सुरु भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । साग सकिएसँगै नवौं राष्ट्रिय खेलकुदमा ध्यान केन्द्रित गर्दै बाँकी रहेका खेलकुदका भौतिक संरचनाको काम बुधबार देखि धमाधम सुरु भएको प्रमुख योगीले जनाए ।

उनका अनुसार पोखरा फुटबल स्टेडियम, फुटबल प्रशिक्षण मैदान, बाटो पिच लगायतका संरचनाका बाँकी काम पुनः सुरु भएको छ । उनले भने “ जसरी १३ औं साग अन्तर्गत ८ खेल हामीले पोखरामा भव्य रुपमा सम्पन्न गरौं, अब हामीले नवौं राष्ट्रिय खेलकुद गर्ने अर्को जिम्मेवारी पुरा गर्न आवश्यक पुर्वाधार निर्माणमा जुट्नु पर्ने समय आएको छ । ” पोखरा २५ स्थित गौरी शंकर माविको खेल मैदान र पोखरा १६ गोष्तेघाटमा हाल निर्माण भएको फुटबल मैदानमा चेन्जिङ रुम सहितको तार वार गर्ने काम पनि केही दिनमा संचालन गर्ने भएको उनले जनाए । नवौं खेलकुदको लागि पोखरा रंगशालामा पौडी पोखरी समेत निर्माण हुने भएको प्रमुख योगीले जनाए ।

१ अर्ब २८ करोडको लागतमा हाल पोखरामा निर्माणाधिन अबस्थामा रहेको पोखरा फुटवल स्टेडियमको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनिका प्रोजेक्ट म्यानेजर इ.दीपक बरालले बताए । उनका अनुसार साग लक्षित हुने गरी पोखरा रंगशालामा करिब ६ हजार ५ सय सिट क्षमताको प्यारापिट सहितको फुटबल मैदान निर्माण भए पश्चात बाँकी रहेका भौतिक संरचनाका काम आजै देखि सुरु हुन्छ ।

केही मजदुरले साग चलिरहदा शौचालयसहितका केही फिनिसिङको काममा लागि रहेको इ. बरालले जनाए । उनका अनुसार भिआइपी प्यारापिट तर्फको भागमा ७२ मिटर वाई १२ मिटरको प्रि इन्जिनियरिङ बिल्डीङ समेत निर्माण हुने भएको छ । उक्त भवनमा फुटबल चेन्जिङ रुम , मेडिकल सेन्टर सहितको भौतिक संरचना निर्माण हुने भएको प्रोजेक्ट म्यानेजर इ. बरालले जनाए ।

भारतको दिल्ली उक्त भवन निर्माणको लागि फलामका फ्रेमहरु आउन थालेको बताएका उनले सामान आएको करिब ३ महिनामा उक्त भवना क्रेनको सहायताले उक्त भवन निर्माण हुने भएको छ । पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको सिन्थेटिक फुट ट्याक निर्माण कार्य सम्पन्न भएकोले त्यसको संरक्षण गर्नु र त्यसको राम्रो संरक्षण गर्नु पर्ने चुनौती रहेको खेल विज्ञहरु बताउछन् ।

भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर ( जे.भी. ) ले उक्त प्रोजेक्ट निर्माणको जिम्मा लिएको हो । उक्त कम्पनीले १८ हजार ५ सय सिट क्षमताको प्यारापिट सहितको फुटबल स्टेडियम निर्माण गर्ने भएको हो ।  राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले साग लक्षित समयमै हुनु पर्ने केही पूर्वाधार निर्माणमा ढिलाई भए पनि अब बाँकी रहेका काम पुरा गर्न हुने बताए । १३ औं सागमा भएका कमीकमजोरीलाई सुधार गरुी नवौं राष्ट्रिय खेलकुद पोखरामा अझ भव्य रुपमा सम्पन्न गर्न तर्फ आफुहरुको ध्यान अब केन्द्रित हुने भएको उनले बताए ।

स्मरण रहोस १३ औं अन्तर्गत पोखरामा ८ खेल सकिएको दिन सोमबार फुटबल खेलको समापन समारोहमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले पोखरा रंगशालाका बाँकी रहेका भौतिक संरचनामा कुनै पनि काम नरोकिने बताएका थिए । आवश्यक बजेट निकासा गर्ने बताएका उनले निर्माण भएका भौतिक संरचना दिगो रुपमा संरक्षण गर्न पोखरेलीसमक्ष आग्रह समेत गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button