बिहेमा हिँडेका युवक पोखरामा मृत फेला

पोखरा न्यूज – २५, मंसिर । पोखरा महानगरपालिका -२९ धर्मकाटा भित्र एक युवक मृत फेला परेका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका- १३ काहुँका निरज परियार रहेको प्रहरीले जनाएको छ ।

३० वर्षीय परियारलाई मध्यान्ह १२:३० बजे कच्ची बाटोको बायाँ तिरको कुलोमा मृत अवस्थामा स्थानीयले फेला पारेको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ । मृतक यही सोमबार घरबाट बिहेमा जान्छु  भनि हिडेको बताइएको छ ।

घटनाको विषयमा  अनुसन्धान भैरहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button