पोखरा म्याराथनलाई सफल पार्न सहयोग गर्छु : मन्त्री विश्वकर्मा

दीननाथ बराल, पोखरा न्यूज – ०२, पुष । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वार्षिक रुपमा पोखरामा आयोजना हुदै आएको अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गरेका छन् । भूतपूर्व खेलाडी मंच नेपालले बुधबार पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले पोखराको राम्रो इभेण्टको रुपमा संचालन भएको पोखरा म्याराथनलाई सफल पार्न आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गरेका हुन् ।

आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न आवश्यक पर्ने बजेट व्यवस्थापन गर्नको लागि सम्बन्धित मन्त्रालयसम्म समन्वय गरी दिने मन्त्री विश्वकर्माले आश्वासन दिएका हुन् । १३ औं साग बाहिरी रुपमा भव्य रुपमा सफल भएको देखिए पनि भित्रि रुपमा धेरै समस्याका बाबजुद सफल भएको उनले जनाए । बजेटको अभाव हुदा हुदै नेपालको इज्जत र प्रतिष्ठाको लागि आफुहरुले जोखिम मोलेरै सम्पन्न गराएको मनत्री विश्वकर्माले बताए ।

पर्याप्त बजेटको अभावमा पनि आफुहरुले साग लक्षित खेल पूर्वाधार निर्माण रातरात निर्माण गर्न बाध्य भएको मन्त्री विश्वकर्माले बताए । खेलकुदमा धेरै समस्या रहेको उनले उल्लेख गरे । १३ औं सागले नेपाली खेलकुदमा धेरै सकरात्मक सन्देश दिएसंगै खेलकुदको बारेमा नेपाली समाजलाई धेरै सचेत पारेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले विभिन्न समस्याका बाबजुत पनि साग नेपालले भव्य रुपमा सम्पन्न गराउन सफल भएको जनाए । १३ औं सागको सन्दर्भमा पोखरामा ८ खेल हुनुले पोखरामा केही खेलकुदका भौतिक संरचनाहरुसमेत निर्माण भएको बताएका मन्त्री विश्वकर्माले आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा हुने भएकोले केही खेलकुदका भौतिक संरचना निर्माण हुने जनाए ।

गण्डकी प्रदेशमा सबै किसिमको हावा पानी पाइने भएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले प्रदेशमा अधिकांश खेलहरु संचालन हुने भएकोले प्रदेशको मुख्य आधार खेल पर्यटन हुने भएको बताएका छन् । उनले भने “ गण्डकी प्रदेशमा उत्तरमा हिमाल, दक्षिणमा तराई र मध्य भागमा पहाडी क्षेत्र भएकोले यहाँ जस्तोसुकै किसिमको खेलको सम्भावना रहेको छ, विश्वका जस्ता सुकै खेलकुदहरु प्रदेशले आयोजना गर्न सक्छ, गण्डकी प्रदेशले खेल पर्यटनबाट आर्थिक विकास र समृद्धि हासिल गर्न सक्छ । ”

मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनलाई पोखराको ठुलो इभेण्टको रुपमा आफुहरुले स्थापित गर्न खोजेको बताए । स्वदेशी तथा विदेशी विभिन्न व्यत्ति तथा संघ संस्थाको साथ सहयोगले १३ औं संस्करण सम्पन्न भएसँगै १४ औं संस्करणमा ७ हजार धावक सहभागी गराउने गरी हाल गृहकार्य भएको उनले जनाए ।

विजेता खेलाडीहरुको पुरस्कार राषिमा बृद्धि गर्ने सोचमा आफुहरुले दाताको खोजी गरेको अध्यक्ष गुरुङले जनाए । उक्त खेलले पोखरा क्षेत्रको पर्यटन प्रवर्धन हुँदा भिजिट नेपाल २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने उनले जनाए । गत बर्ष ३२ लाखमा उक्त प्रतियोगिता सम्पन्न गर्न सफल भए पनि यस वर्ष करिब ३७ लाख खर्च लाग्ने भएको अध्यक्ष गुरुङले जनाए ।

विजेतालाई एक लाख पुरस्कार राषि राखिएकोमा यस वर्ष राम्रो सहयोग जुटेमा विजेतालाई तीन लाख सम्मको पुरस्कार राख्ने योजना भएको उनले जनाए । दौडौ स्वास्थ्यको लागि, दौडौ पोखराको लागि भन्ने नारा सहित यस बर्षको म्याराथन दौडमा पनि विदेशी धावकहरु समेत सहभागि गराउने तयारी गरिएको प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुलीले बताए । म्याराथन ४२.९२ किलोमिटर दौड सहित, १० किलोमिटर महिला-पुरुष, ५ किलोमिटर छात्र-छात्रा दौड, अपाङगता भएकाहरुको लागि एक सय मिटर ह्विल चियर प्रतियोगिता हुने भएको सचिव कृष्ण तिमिल्सिनाले बताए । लक्ष्मी हाउसको उत्पादन सफल दुधले उक्त प्रतियोगितामा मुख्य प्रायोजन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button