पोखरामा हुने रारा गोल्ड कपलाई सांसद मनाङेको सहयोग

दीननाथ बराल, पोखरा न्यूज – २७, पुष । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) ले १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको पूर्व अवसरमा सहयोग गरेका छन्।

विगत दुई बर्षदेखि सहयोग गर्दै आएका सांसद गुरुङले यस बर्ष पनि आफ्नो राज्यबाट प्राप्त सेवा सुविधा वापतको ५० हजार रुपैया सहारा क्लबलाई सहयोग गरेका हुन्।

सांसद गुरुङका निजी सचिव रोनित गुरुङले रकम क्लबका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे । पोखरा-१७ दोभिल्लामा रहेको सहारा एकेडेमीको अवलोकन पश्चात उनले रकम हस्तान्तरण गर्दै सामाजिक कार्यमा लाग्दै आएको क्लबको प्रशंसा गरे ।

आउँदो फागुनको तेस्रो सातादेखि आहा रारा गोल्ड कप पोखरामा हुने भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । उनका अनुसार सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button