दिदिकै विवाह भएको छैन : अभिनेत्री मिरुना

राजाराम पौडेल, पोखरा न्यूज – २० , माघ । नेपाली चलचित्रको अभिनेत्री हुन् मिरुना मगर । उनले अभिनय गरेका लालपुर्जा, रोज, साइनो, चचहुई अपेक्षाकृत चलेनन् । त्यसैले मिरुनालाई अनलक्की नायिकाको रुपमा समेत चिन्ने गरिएको छ । तरपनि उनले हरेस खाएकी छैनन् । चलचित्र क्षेत्रमानै अगाडि बढ्दैछन् । उनी अभिनयको अलावा सामाजिक कार्यमा उनी उतिकै सक्रिय छन् । आफुले गरेको आम्दानीको केही प्रतिशत रकम सामाजिक कार्यक्रम खर्चने गरेकी उनीसँग पोखरा न्यूजका लागि राजाराम पौडेलले गरेको कुराकानीः–

तपाईको पोखरा आगमन कति औं पटक हो ?

सायद ८ औँ पटक होला, मेरो मनपर्ने ठाउँ पोखरा हो, आउने क्रममा साथीहरुसँग पनि त्यहि कुरा गर्दै थिए, फ्यानहरु पनि पोखरामा बढीनै हुनुहुन्छ, पोखराको नेचर मलाई मनपर्छ ।

तपाईको जन्म कुन ठाउँमा भएको हो ?

मेरो जन्मेको ठाउँ हङकङ हो, मेरो बाबा चाहि बृटिस आर्मीमा हुनुहुन्थ्यो ।

कति बस्नु भयो हङकङमा ?

२ वर्षको हुँदा नेपाल आएको हो ।

नेपालमा तपाईको पुख्र्यौली ठाउँ कहाँ हो र ?

धरान हो, मेरोबाबा डाडाँबजार धनकुटाको, ममी चौविसे धनकुटाको ।

बाल्यकाल कहाँ बित्यो ?

म १२ वर्षको उमेरसम्म धरानमा नै हुर्के, स्कुल पनि त्यहि पढे, १२ वर्षको उमेर पछि युके गए ।

नेपालमा हुँदा अभिनय तिर रुचि थियो र ?

मेरो ममी पनि थिएटर आर्टिस्ट हुनुहुन्थ्यो, सानैदेखि त्यही माहोलमा हुर्कीए, डान्सहरु गरीरहेको हुन्थ्यो, स्कुलमा ‘प्यारेन्टस् डे’ देखि लिएर, धरानमा एउटा किट क्विन कन्टेष्ट भएको थियो, त्यसमा भाग लिएर जितेको पनि थिए । सानोमा मैले धरानमा लोकल भिडियोमा काम पनि गरे ।

त्यतिबेला अन्य अर्पच्युनिटि आएनन् ?

किट क्विन भइसकेपछि अर्पच्युनिटि आएको थियो, एउटा बाल कलाकारको रुपमा ‘क्याविन गर्ल’ भन्ने मुभिमा काम पनि गरे । सन् २००३ तिर हो, त्यसकारण मलाई ‘एक्सपेरियन्स’ थियो, तर मैले कहिल्यै पनि यहिनै गर्छु होला पछि भन्ने सोचेको थिइन ।

१२ वर्षको उमेरमा युके गएपछि के गर्नु भयो ?

पढाइ नै थियो मेन त, ९ कक्षा जोइन गरे, त्यसपछि ‘ए’ लेभल भयो, युनिर्भसिटि गए, पार्टटाइम जब गर्थे, फिल्म टाइपमा त गरेको थिइन, तर सर्ट मुभी र म्युजिक भिडियो चाहि गरिरहेको थिए ।

नेपाल फर्कने सोचाई कसरी आयो ?

म चाहि जहिलेपनि भोलिन्टियरको लागि फर्किन्थे, म पहिलोचोटी फर्किएको सन् २०१४ मा हो । त्यतिबेला फर्कदा चायल्ड इन्टरनेशलबाट दुई हप्ता को भोलिन्टियर गरेको थिए ।

भनेपछि तपाईको सानै उमेरदेखि समाजसेवामा रुचि थियो ?

हो, सानै देखि समाजसेवामा रुचि थियो, सानोमा पनि ‘किट क्विन’बाट जितेको पुरस्कार पनि डोनेसन गरेको थिए, किताबहरु, आफ्नो लुगाहरु डोनेसन गरिरहेकै थिए, त्यहि गर्ने क्रममा नेपाल आए, त्यतिबेला मैले देखेको नेपाल भनेको धरान, काठमाण्डौ थियो, शहरको वातावरण मात्र थाहा पाएकी थिए, जब मैले नेपालका गाउँहरु देखे, त्यो पछि अलिकति भएपनि नेपाल फर्केर केहि गर्नुपर्छ भन्ने भयो ।

नेपालमानै सामाजिक कार्य गर्ने उर्जा कसरी आयो नी ?

सन् २०१५ मा जब भुकम्प गयो, सेकेन्ड भुकम्प गएको तीन दिन पछि हामी आयौ, टिम थियो, टिमसँग आएर धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा लगायतका जिल्लामा राहत सामाग्री लिएर गएका थियौ । त्यो अनुभवले मलाई उर्जा थप्यो ।

नेपाल आउने जाने त भइ नै रहथ्यो तर म नेपालमा बस्न सक्छु सक्दिन, कसरी बस्ने भन्ने थियो, जुन एक्सपेरियन्स मैले पाए त्यो गाउँहरुमा, त्यस्तो सिच्युसेनमा पनि, उहाँहरुको भावना, घर चाहि सबै भत्कीएर छाप्रामा बसिरहनु भएको मानिसले हामीलाई आलु उसिनेर दिनेदेखि लिएर सहयोग गर्न खोज्ने, त्यसबाट आफ्नो देश भनेको आफ्नै हुन्छ भन्ने ‘फिलिङ्स’ आयो ।

अनि युके फर्कनु भएन र फेरी ?

युके आउँ जाउँ त भइनै रहन्थ्यो, फेरी युके फर्किए । फेरी २०१६ मा भोलिन्टरीको लागि आए ।

अभिनय तर्फको रहर कसरी पलायोे ?

सन् २०१६ मा नेपाल आउँदा अभिनय सिक्ने रहर पलायो, फुर्सद पनि थियो, थिएटर क्लास लिन थए । अनुप बरालको एक्टर्स स्टुडियोमा, त्यहाँ नेर क्लास भइरहेको रहेछ, खाली टाइम, सिक्ने रहर कारण मैले जोइन गरे ।

नेपाली चलचत्रिमा डेब्यु गर्ने अवसर कसरी जुट्यो नी ?

हाम्रो तीन महिनाको कक्षा हुन्थ्यो, क्लास सकिएपछि अन्तिममा सिक्नेहरु मिलेर ड्रामा गरिन्छ, १८ औँ व्याचबाट, हामीले ‘कथा २० दिन’ ड्रामा गर्यौ, ड्रामा गर्ने क्रममा कास्टीङ गर्दै ‘लालपुर्जा’ मुभिको टिम तहाँ आएको थियो, उहाँहरुले मेरो अभिनय हेरेर मलाई फिल्म क्षेत्रमा ल्याउनु भयो । अनि मैले लालपुर्जा चलचित्रबाट डेब्यु गर्न पाए ।

पहिलो चलचित्रमा अभिनय गर्दाको अनुभव कस्तो रह्यो ?

मेरो लागि त एकदमै ठुलो एक्सपेरियन्स थियो, फेरी कलाकारपनि सौगात दाई, विपिन दाई, मेनुका दिदि, हरिहर सर हुनुहुन्थ्यो, हरिहर सर भनेको हाम्रो अनुप सरको पनि टिचर हो के, उहाँहरुसँग काम गर्न पाए, निर्देशक पनि निगम श्रेष्ठ हुनुहुन्थ्यो, उहाँ पनि अनुभवी, त्यो अनुभव मेरा लागि राम्रो भयो, पछि हलमा बक्स अफिसमा त्यति गर्न सकियन ।

पहिलो चलचित्र पछाडि अवसरहरु खुलेनन् ?

त्यसपछाडी फेरी युके फर्किए । त्यतिबेला मलाई कल आएको थियो एउटा मुभीको लागि, पहिलाकै निर्देशक तर फरक टिम, त्ययो टिमले फोन गर्नुभयो, ‘लाहुरे’ भन्ने फिल्म थियो, त्यसको सुटिङ भयो तर त्यसपछाडि अगाडी बढेन, डविङमा जाने क्रममा रोकियो । त्यहि क्रममा युके फर्कन लागेको बेलामा मलाई अर्को मुभिको अफर आयो, जुन चाहि ‘रोज’ थियो, मेरो बारेमा इण्डष्ट्रिज भित्र कुरा हुँदो रहेछ, त्यहि अनुसार सुनेर कल गर्नु भएको थियो, देख्न त देख्नु भएको त थिएन, अनि एउटा स्क्रिन टेष्ट गर्नुभयो, अनि रोज गरे, रोजको सुटिङ सकिने वितिकै ‘साईनो’मा अफर आयो । अनि चचहुई ।

अब युके फर्कने सोच्नु भएको छ की छैन त ?

युके चाहि म टाइम–टाइममा गइरहेको हुन्छु, परिवारनै उतै हुनुहुन्छ, अहिले मलाई सबैले सोध्नुहुन्छ यतै बस्नेकी उतै जाने भनेर, मैले पुरै यहि बस्छु भन्न नी सक्दिन, अनि उतै मात्र बस्छु भन्न न सक्दिन, परिवार उता हुनुहुन्छ, काम यता छ, दुईटैलाई अहिलेसम्म व्यालेन्स गरिरहेको छु । तर धेरै काम चाहि नेपालमानै बसेर गर्ने इच्छा छ ।

परिवारमा को को हुनुहुन्छ ?

परिवारमा ममी, ड्याडी, दिदि हुनुहन्छ ।

विवाह गर्नुभयो र ?

छैन ।

सोच बनाउनु भएको छैन ?

मैले ? छैन, दिदि त अझै घरमै हुनुहुन्छ, (लामो हाँसो) दिदिको त विवाह भएको छैन, त्यस्तो सोच पनि छैन, परिवारमा त्यस्तो प्रेसरपनि छैन, अहिले त भर्खर काम गर्ने उमेर हो ।

अफर आएको छैन ?

त्यस्तो विवाहको लागि अहिलेसम्म छैन, किनकी परिवारमा ठुलो दिदि पनि हुनुहुन्छ । म कान्छी छोरी हो । त्यस्तो चाहि छैन ।

कति समय कुर्नपर्ला, केहि योजना त होलान् नी ?

समय अनुसार आफै एक्सपेरियन्स गर्दै गएपछि हुने कुरा हो जस्तो लाग्छ, अहिलेसम्म चाहि मलाई अब चाहि विहे गर्छुृ भन्ने चाहि भएको छैन, राइट मानिस, राइट ठाउँमा भेटेपछि हुन्छ होला, नेचुरल हो त्यो आउनु, अहिले व्यवहारिक टाइपको विहेवियर अझै डेभलप हुन बाँकी छ त्यसैले अहिलेचाहि छैन ।

तपाईको लक्ष्य चाहि के हो ?

म चाहि असल मानिस भएर काम गर्न चाहन्छु, कसैको लाइफमा पनि सोसाइटिमा पनि राम्रो इम्प्याक्ट पार्न सकु भन्ने हो, अहिलेसम्म त्यसकै लागि काम गरिरहेको छु,। फिल्मले हुन्छकी, सोसियल वर्कले हुन्छकी मैले अरुलाई खुशी दिन सकु भन्ने लक्ष्यका साथ अगाडी बढेकी छु ।

नेपाली चचचित्रमा कलाकार बनेर बाँच्न सक्ने, सेटल हुन सक्ने अवस्था देख्नुहुन्छ ?

अहिले त गाह्रो छ, कम्पिल्टली आफु इन्डीभिजुली एक्लै लागेर सकिदैन, विशेषगरी कलाकारलाई गाह्रो छ, अलिकति पारिश्रमीक बढ्दा त यत्रो ठुलो इसु भएर आएको कुरा छ, टाइमचाहि लाग्छ, असम्भव छ भन्न त मिल्दैन, आफ्नो काम, अडियन्समा परेको प्रभाव हेरेर गर्न सकिन्छ, तर एकदमै ‘लक्जरीयस्’ लाइफ त हुदैन एउटा सिम्पल तरिकाले सकिन्छ, तर फिल्म क्षेत्रमा आइसकेपछि आफु सिप्पल तरिकाले बाँच्छु भन्दा प्रेसर पनि हुनेरहिछ, मेन्टेन गर्नुपर्छ, यस्तो गर्नुपर्छ भन्ने हुँदा त्यो जुन तरिकाले छाप बसेको छ त्यसलाई मेन्टेन गर्न गाह्रो छ ।

फेसनमा कतीको रुचि राख्नुहुन्छ ?

म त जहिले नी सिम्पल हो, फेसन सेन्स त्यति थाहा हुदैन, सिप्पल कम्फरटेवल पहिरन, कुर्था, कल्चरल लुगा अझ लाउन बढी मनपर्छ, युकेमा बसेर त्यो लाउन नपाएर पनि होला झनै लाउन मन लागेको, नर्मल ड्रेस लाइरहेको हुन्छ ।

खानेकुरामा कतिको सोख छ ?

खानेकुरामा म सोखिन नै छु, अलिकती पिक्कि पनि छु, कतिकुरा यो–यो मात्र मिठो लाग्छ भन्ने हुन्छ, तर ममीले बनाएको सबै कुरा मनपर्छ । आफैले पनि बनाउँछु । तर ममिले बनाएको टेष्ट नै अर्को हुन्छ ।

तपाईको दैनिकि कसरी बित्छ ?

कलाकार भइसकेपछि कि त एकदमै विजि भइन्छ, टाइमनै हुदैन, कि त एकदमै धेरै टाइम पाइन्छ, सुटिङको बेला उठ्यो सुटिङ गयो त्यहि नै हुन्छ, खाली टाइममा मलाई फिल्म हेर्न मनपर्छ, किताब पढ्छु, दिदि भाईलाई भेट्ने आफन्तकोमा जाने हुन्छ ।

अभिनयको सिलसिलामा सिक्नुपर्ने केही छ की छैन अब ?

त्यो त धेरै छ सिक्नुपर्ने, मैले फस्ट मुभी गरिसकेपछि अनुप सरकोमा सिकेको थिए, त्यसपछाडि अर्को मुभिमा अझ ‘वेटर प्रिपियर’ गर्न दूई महिना सुनिल पोखरेल सरकोमा ट्रेनिङ गरे । त्यसपछि व्याक टु व्याक मुभि गरे, खाली टाइम भइराखेको छैन, तर अवश्य छ सिक्नुपर्ने, त्यो तीन महिनाको कोर्षले बेसिकमात्रै तयारी गर्ने हो, फिल्डमा गइसकेपछि झनै धेरै सिकिदोरहेछ, अनुभवले सिकाउँदोरहेछ ।

युके बस्दा त्यताको फिल्मको बारेमा कतिको बुझ्नुहुन्छ, त्यहाँका चलचित्रमा काम गर्ने रहर छैन ?

युकेमा हुँदा खेरी फिल्म नै गर्छु भन्ने थिएन, अहिले यहाँ आइसकेपछि यो क्षेलाई बुझ्नलाई धेरै गाह्रो भएको छ, धेरै कुराहरु छ, त्यहाँ चाहि कम्पिलिटली बुझ्न सकेको छैन, कतिले त्यहाँ पनि ‘ट्राइ’ गर भन्नुहुन्छ ,तर मलाई अहिले नेपाली फिल्ममानै काम गर्न मन लागेर त्यता ध्यान दिएको छैन ।

तपाईमा भएको कमजोरी के हो ?

धेरै कुरा छ, पोइन्ट आउट गर्दा त, अलिकती खुल्नुपर्छ जस्तो लाग्छ म, म बोल्छु सैबै सँग, तर जुन हाम्रो फिल्म क्षेत्रमा हुनुपर्छ भनिन्छ, त्यो चाहि आफुमा फरक पाउँछु, म अलि ‘क्लोजअफ’ भएको हो की जस्तो लाग्छ, त्यसले धेरै कुरा असर गर्ने रहेछ, मलाई बनावटी कुरा गरेर कसैलाई खुशी पार्न आउदैन, ‘लिकंअप’ गर्नुपर्ने कुरा छ ।

तपाईको सकारात्मक कुरा नी ?

काम प्रतिको लगाव, सिरियसनेस त्यहि नै होला, मैले आफुलाई देखेको ‘हार्डवर्क’ गर्न सक्ने, जस्तो सिचुयसनमा पनि काम गर्न सक्ने हो ।

तपाईको साथमा नछोड्ने कुरा ?

टिसु पेपर, गर्मीमा एकदम पसिना आउँछ, पर्स, मोबाइल, ऐना यस्तै–यस्तै ।

तपाई मोबाइलमा धेरै व्यस्त हुनुहुन्छ रे नी ?

मलाई धेरै बोल्न आउँदैन, सोध्नु भए उत्तर दिन सक्छु, मलाई अरु बढाएर बोल्न आउँदैन, मोबाइलमा बढी गेम खेल्छु, त्यसमा पनि म जुन पायो त्यहि गेम खेल्दिन दिमाग चलाउने गेम खेल्न रुचाउँछु ।

सामाजिक सञ्जालमा कतिको व्यस्त हुनुहन्छ ?

सामाजिक सञ्जाल चलाउँछु, आफुले पोष्ट गर्न भन्दा पनि हेर्न रुचाउँछु, कस्तो न्युज के–के आइरहेको छ भनेर, किनकी अहिले त फेसबुकमा नी सबै न्युजहरु आइरहेको हुन्छ, फेसबुकमा हेर्ने गर्छु, इन्ट्राग्राम बढी चलाउँछु ।

तपाईको बारेमा दर्शकले थाहा नपाएको कुरा ?

धेरै बोल्दिन, मलाई एकदम च्यारिटिमा रुचि छ, च्यारिटि अर्गनाइजेसन, भोलेन्टियर गर्न रुचि राख्छु,  म्युजिक भिडियो या मुभी गरेपछि त्यसको केहि रकम सामाजिक कार्यमा खर्च गर्छू । मलाई बच्चाहरु र एनिमलहरु मनपर्छ । मलाई कुकुरहरु एकदम मनपर्छ, बाटोमा देखे भने विस्कुट किनेर मास लगाएर चश्मा लगाएरु खुवाउदै हिड्ने गर्छु । यसका अलावा ममीले पढेको जनता निम्न माध्यमिक विद्यालयमा पढ्ने बच्चाहरुलाईसक्ने सहयोग गर्छु,।

कतिको महंगो सामान प्रयोग गर्नुहुन्छ ?

मेरो च्वाइसेस अलि अलि सस्तो सिप्पल गर्छु, सपिङ गर्न लोकल प्लेसेसहरुमा मज्जा लाग्छ, वार्गेनिङ गर्न मन लाग्छ, तर आउँदैन, ट्राइ गर्छू, मलाई हाईफाई दोकान मन पर्दैन, कम्फरटेभल सजिलो हुनुपर्छ, मलाई जहाँको लुगा पनि मनपर्छ, कुर्ताहरु सिलाएर लगाउछु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button