मिस नेवा पोखरा ११४० को फाइनल चैत्र ८ गते

पोखरा । मिस नेवा पोखरा ११४० को फाइनल आगामी चैत्र ८ गते हुने भएको छ । प्रतियोगतिाको फाइनल चैत ८ गते पोखरा सभागृहमा हुने आयोजकले जनाए ।

नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ११४० अन्र्तगत हालै ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । ट्यालेन्ट राउण्डमा २२ प्रतियोगीले आफ्नो प्रतिभा देखाए । उनीहरुले नेवारी समुदायमा मानिने संस्कृतिसम्बन्धी प्रस्तुति समेत राखे ।

ट्यालेन्ट राउन्डका निर्णायकमा शम्भुलाल श्रेष्ठ, आनन्द बज्राचार्य र रीना गोसेली थिए । मिस नेवामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन् ।

मिस नेवा पोखराको उपाधि विजेताले ४० हजार, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउने छन् । यस्तै, उपविजेतालाई २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रा हुनेले १५ हजार, डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र दिइनेछ । प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिने आयोजकको भनाइ छ ।

उत्कृष्ट नेवारी भाषा ७ हजार र भ्युअर्स च्वाइस, मस्ट टयालेन्ट अवार्ड, बेस्ट पर्सनालिटी, बेस्ट फ्रेन्डली, बेस्ट स्माइल र फोटोजेनिकले जनही ५ हजार र प्रमाणपत्र हात पार्नेछन् । नेपाल संवत् ११३१ देखि बर्सेनी हुँदै आएको यो प्रतियोगिताको नवौं संस्करण हो ।

ट्यालेन्ट राउन्ड कार्यक्रममा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मुल संयोजक विमल श्रेष्ठ, मिस नेवा ११३८ प्रिती बुद्धाचार्य, नेवा मिसा पुच कास्की अध्यक्ष मेनुका श्रेष्ठ, ल्याम्ह पुच अध्यक्ष मधुसुधन जोशी आदीले आफ्नो भनाइ राखे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button