माया पुनको ‘नेपालकी छोरी’ गीतमा केकीको अभिनय (भिडियोसहित)

पोखरा। लोक पप शैलीमा गीत गाउने गायिका माया पुनले नयाँ गीत ‘नेपालकी छोरी’ सार्वजनिक गरेकी छन् । पुनको आवाज रहेको गीतमा नेपाली चलचित्रकी चर्चित नायिका केकी अधिकारीको अभिनय हेर्न पाइन्छ ।

भिडियोमा पोखराका अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन् । जंगबहादुर पुनले रचना गरेको गीत अर्जुन पोखरेलको संगीतमा तयार भएको हो । गीतलाई ड्रिम्स स्टुडियोले तयार पारेको हो । पोखराको बिभिन्न रमणिय स्थलमा छायांकन गरिएको गीतले राष्ट्रिय भाव प्रस्तुत गरेको गायिका माया पुनले बताइन् ।

पर्यटकीय स्थल पुनहिलको परिचय दिने खालका शब्द र भिडियो पनि त्यही अनुसार निर्माण गरिएको रचनाकार जंगबहादुर पुनले जनाए । भिडियोमा सरोज अधिकारीको छायांकन, टेकेन्द्र शाहको रंग संयोजन, प्रिती गुरुङको नृत्य निर्देशन रहेको भिडियोको निर्देशन तथा सम्पादक सुवास अम्गाईले गरेका हुन् । साथी क्रियशनले निर्माण गरेको भिडियो दर्शकले रुचाउने गायिका पुनको विश्वास छ ।

यस अगाडि पुनले सार्वजनिक गरेका पोखरेली सोल्टिनी, झ्याउकिरी, नेपाली मन, आज तिमीलाई बोलका गीतलाई समेत दर्शकले रुचाएका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button