लकडाउनमा जन्म गाउँमै रमाउदै गायक प्रकाश सपुत

पोखरा । लकडाउनको समयमा गायक प्रकाश सपुत यतिबेला बाग्लुङमा रहेको आफ्नै जन्म गाउँमा छन् । जन्म गाउँमा रहदा छुट्टै आन्नन्द आइरहेको उनले बताए । उनी भन्छन् ‘बिहान उठेर दौडदै घर नजिकै डाँडासम्म जान्छु । एकछिन सामान्य एक्सरसाइज गर्छु । भाइहरुसँग व्याडमिण्टन खेल्छु । मकै, दुध वा रोटी खान्छु । एकैछिन नेट चलाउछु । नेट राम्रोसँग नचल्ने हु्ँदा रेडियो सुन्ने र टेलिभिजन हेर्ने गर्छु ।’ उनले परिवारका सदस्य बाहेक अरुसँग भेटघाट नगरेको बताए । क्यारेमबोर्ड खेल्ने, गिता पढ्ने, केहि सिर्जना कोर्ने गरेको उनले सुनाए ।

उनले कोरोना भाइरस रोकथामको लागि दूई लाख रुपैयाँ सहयोग समेत गरेका छन् । उनले सरकारले कोरोना भाइरसका लागि खडा गरेको कोषमा जम्मा हुने गरी सो रकम सहयोग गरेको आफ्नो फेसबुक मार्फत जनाएका छन् । सरकारको कोषमा सो रकम पुर्याउनको लागि चेक नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेको उनले बताए ।

छोरी प्रविष्टिसँग समय बिताउन पाइरहेको छु । उसलाई गाउँको उकाली–ओराली र जनजीवन चिनाइरहेको छु । घरमास्तिर एउटा सानो डाँडा छ र डाँडामा चौतारी छ । साँझ त्यहाँ जान्छु र घाम अस्ताएको हेर्छु । पर–पर क्षितिज देखिन्छ । घण्टौंसम्म चुपचाप बस्छु । मनै आनन्द हुन्छ । गाउसँग जोडिएका बाल्यकाल र बैंसका साथीसंगी र दुःख–सुख सम्झिन्छु । आमाबाबासँग त्यो समयको गाउँघरको परिस्थिति र घट्ना परिघटनाका बारेमा सोधि–सोधि कुरा सुन्छु । लेख्नलाई, भन्नलाई, देखाउनलाई धेरै कुरा छन् गाउँमा । एक अर्थमा त मलाई फाइदै भएको छ । सपुतले भने ।

चलचित्र परदेशी–२ मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै गरेका उनी अहिले जन्म ठाउँ बाग्लुङमै छन् । कोरोना भाइरसको कारण चलचित्रको छायाकंन रोकिएपछि उनी जन्म ठाउँमा पुगेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button