पोखराको राहत कोषमा बालहितकारी परियोजना नेपालको १ लाख सहयोग

पोखरा। पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा बालहितकारी परियोजना नेपालले १ लाख रुपैयाँ सहयोग गरेको छ ।

परियोजनाका अध्यक्ष गोविन्द राज पहारी, उपाध्यक्ष रामचन्द्र शर्मा र कोषाध्यक्ष लोकमणि सुबेदीले आइतबार महानगरप्रमुख जिसीलाई भेटेर १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै परियोजनाका अध्यक्ष पहारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा समेत सिर्जना भएको लकडाउनबाट समस्यामा परेका विपन्न वर्ग र मजदुरलाई केही राहत होस् भन्ने हेतुले आफुहरुले सहयोग गरेको बताए ।

महानगरप्रमुख जिसीले वर्तमान कठिन परिस्थितिमा परियोजनाले ठुलो मन गरेर सहयोग गरेको भन्दै आभार प्रकट गरे ।

परियोजनाले पोखरामा रहेर स्वास्थ्य, शिक्षा र सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

यो सँगै पोखरा महानगरपालिकाको राहत कोषमा विभिन्न व्यक्ति र संस्थाको सहयोग समेत गरि २५ लाख ८२ हजार ७ सय रुपैंया जम्मा भएको महानगरले जनाएको छ ।

पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गर्न चाहने, व्यक्ति तथा संघ सस्थालाई पृथ्वीचोकस्थित  राष्ट्रिय वाणिज्य बैंकको  खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न महानगरले आग्रह गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button