लकडाउनमा पोखराका नेत्र गुरुङको ५ छोटा फिल्म तयार

पोखरा। पोखराका युवा निर्देशक नेत्र गुरुङले लकडाउनको समयको भरपुर सदुपयोग गरिरहेका छन् । लकडाउनकै अवसरमा नयाँ नेपाली फिल्म ‘खैलाबैला’ निर्माण गर्ने तयारी गरेको खुलासा गरेको उनले लकडाउनकै समयमा पाँच वटा छोटा फिल्म समेत तयार पारेका छन् ।

लकडाउन, घर, राहत पुरानो चिठी, आशा उनले लकडाउनको समयमा तयार पारेका फिल्म हुन् । लकडाउन नेत्र इन्टरटेनमेन्ट प्रालिको युट्युब च्यानल मार्फत रिलिज भइसक्यो । अन्य फिल्मको प्रोष्ट प्रोडक्सनको काम भइरहेको छ । सबै फिल्मलाई उनले नेत्र इन्टरटेनमेन्ट प्रालिको युट्युब च्यानल मार्फत सार्वजनिक गर्नेछन् । लकडाउनको समयमा पालना गर्नुपर्ने सरकारी नियममानै रहेर फिल्म निर्माण गरेको उनले खुलाए ।

‘लकडाउनको समयमा यसैसँग सम्बन्धित रहेरनै निर्माण गरिएको सबै छोटो फिल्म मार्फत लकडाउनले पारेको प्रभावलाई देखाउन खोजिएको छ’ गुरुङले भने ।  दाने फिल्मबाट छोटो चलचित्रको काम शुरु गरेका निर्देशक गुरुङले हालसम्म झण्डै ३० वटा छोटा फिल्म तयार पारिसकेका छन् । पहिलो छोटो चलचित्र उनले फेस्टिभललाई लक्षित गरी तयार पारेका थिए ।

‘माया यो कस्तो माया’ बाट ठुलो पर्दाको चलचित्र निर्देशनमा डेब्यू गरेका पोखराका गुरुङले ‘सुनामी’ र ‘नाईके’ चलचित्र निर्देशन गरे । उनको निर्देशनमा बनेको सुनामी भने प्रर्दशन हुन सकेन । मायो यो कस्तो माया भ्याली बाहिर मात्र प्रर्दशन भयो । यी तीन चलचित्र मध्ये नाईकेले नेत्रलाई नेत्रलाई बढी चर्चामा ल्यायोे ।

त्यसोत नेत्रले विभिन्न म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । २०६६ सालमा पोखरेली गायक विवेक के.सी.को ‘एक्लो थिएँ’ बोलको गीतको म्युूजिक भिडियो निर्देशन गरी निर्देशन क्षेत्रमा उनको यात्रा सुरु भएको थियो । सम्पादन, निर्देशन र छायांकन गरेर एक हजार भन्दा बढी म्युजिक भिडियोमा काम गरेको अनुभव उनीसँग छ ।

धेरैले चलचित्र तथा म्युजिक भिडियो निर्देशकको रुपमा उनलाई चिनेपनि उनको मनोरञ्जन क्षेत्र तर्फको यात्रा भने साँगीतिक क्षेत्रमार्फत भएको हो । उनी गायक पनि हुन् । २०५८ सालमा ‘निराशाको बादल’ बोलको गीत रेकर्ड गरेर नेपाली साँगीतिक फाँटमा उनले पाइला बढाएका थिए । उनले २०६६ मा ‘माया बस्यो मुटुमा’ नामक एलबम बजारमा निकाले । हालसम्म झण्डै ३० गीतमा उनले आवाज दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button