कतारमा एकै दिन करीब हजार जनामा कोरोना पुष्टी

तिलु शर्मा । कतारमा आज मात्रै थप ९ सय ५७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या ११ हजार २ सय ४४ पुगेको छ । भाइरसबाट कतारमा १० जनाको मृत्यु हुँदा १ हजार ६६ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

हालसम्म ८५ हजार ७ सय ०९ जनामा कोरोनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३४ सय २० जनामा परिक्षण गरिएको थियो l -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button