पोखरा नागढुंगामा भीषण आगलागी, एक करोड बढीको क्षति

पोखरा । पोखरा नागढुंगा स्थित एक फर्निचर उद्योगमा शनिबार  भीषण आगलागी भएको छ । आगलागीबाट फर्निचरका  सामग्रीहरु   जलेर नष्ट भएका छन्  ।

नागढुंगामा डेढ वर्षअघि  दुर्गा प्रसाद भट्टराई र बिकास क्षेत्रीले संचालनमा ल्याएको विशेष फर्निचर उद्योगमा विहान ११:४५ बजे  आगलागी भएको हो ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत स्थानीयको सहयोगमा दमकल र पानी ट्यांकरको सहायताबाट झन्डै सवा घण्टापछि  आगो  नियन्त्रणमा लिइएको  छ  ।

आगलागीका कारण ७० देखि ८० लाखको फर्निचरका  सामग्री र ३० लाख माथिको संरचना नष्ट भएको संचालक मध्येका एक  दुर्गा प्रसाद भट्टराईले पोखरा न्यूजलाई बताए ।

लकडाउनको समय भएकाले फर्निचरमा कामदार कोहि नभएकोले  बिद्दुत सर्टका कारण आगलागी भएको हुन् सक्ने भट्टराईले जनाए  । स्थानीयले  पड्किएको आवाज आएपछि आगलागी भएको बताएका छन् ।

आगलागीबाट फर्निचरका सबैजसो सामग्री जलेको  वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख  डीएसपी यादव ढकालले जनाए ।

 अद्यावधिक शनिबार १:०५ 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button