पोखरामा ५५ वर्षीय व्यक्तिको हत्या

पोखरा । पोखरामा आइतबार बिहान एक व्यक्तिको शव फेला परेको छ ।

पोखरा महानगरपालिका– २० बिसाउनास्थित मजुवामा ज्याला मजदुरीको काम गर्ने अन्दाजी ५५ वर्षका टंकबहादुर तामाङको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ मुलखर्क घर भई पोखरामा ज्याला मजदुरीको काम गर्ने तामाङको टाउकोमा टाउकोमा गहिरो चोट लागेको र आँखा समेत फुटेको अवस्था शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।

तामाङको शनिवार रातको समयमा हत्या भएको र उनका हत्याराको खोजि कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

तामाङको उनकै नजिकका व्यक्तिले हत्या गरेको हुन्सक्ने आशंका गरिएको छ । मृतक तामाङको शब पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button