खेलाडीको मनोवल बढाउन भिडियो शारिरिक व्ययाम प्रतिष्पर्धा

पोखरा, कोभिड १९ कारण लक डाउन जारी रहेकै बेला खेलकुदका विभिन्न संघ संस्थाले अनलाइन मार्फत प्रतिष्पर्धा तथा अभियानहरु  सञ्चालन गरिरहेका छन ।

त्यस मध्येको खेलकुदको संस्था नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीले लक डाउनको समयमा आफ्नो घर भित्रै रहेर गरिने शारीरिक ब्ययामहरुको भिडियो प्रतिस्पर्धा आयोजना गरेर ट्रेनिङ स्थल सम्म आउन नपाएका खेलाडीहरुको मनोवल उठाउने प्रयास गरेको छ ।

कम्तिमा १ मिनेट समय भन्दा माथिको भिडियो कराँते नेपाल भन्ने गु्रपमा पोष्ट गरेर सहभागिता जनाउन सकिने गरि भएको उक्त प्रतिस्पर्धा बैशाख २० गते जेठ ५ गते सम्म सञ्चालन भएको थियो । प्रतिष्पर्धा अन्तरगत ६५ जनाले सहभागिता जनाएका थिए । ती मध्य उत्कृष्ट ३ भिडियोहरुले जनही रु ५०००, २५००, र १५००,रुपैयाँ नगद जित्न समेत सफल भएका छन ।

बिक बहादुर थामीको भिडियो प्रथम, हिक्मत रोक्का मगरको भिडियो द्वितिय,र शान्ती तामाङको भिडियोले तृतीय पुरस्कार जित्न सफल भएका हुन । प्रतियोगिता नेपाल कराते महासंघ महासचिव, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एबम प्रमुख प्रशिक्षक हरिशरण केसीको विशेष निर्देशनमा सञ्चालनमा गरिएको थियो ।

भिडियो प्रतिस्पर्धा जित हारको लागि नभै स्वास्थ्य प्रति सचेतना जगाउन गरिएको आयोजकले जनाएको छ । प्रमुख प्रशिक्षक केसीले भने–“हामी स्वास्थ्य प्रती कति सचेत छौं, हामीले जानेका शारीरिक ब्यायामको अभ्यास परिवारका सदस्यहरु माझ कसरी सिकाउन सक्छौं भन्ने यसको उद्धेश्य हो ।” उक्त अभियान नेपाल वादोरियो कराते डो संघका केन्द्रिय सदस्य एबम अन्तर्राष्ट्रिय खेलाडी सिमोन खत्री र ब्ल्याक बेल्ट कमिटीका सचिब पुरुषोत्तम पोखरेलले समेत संयोजन गरेका थिए ।

यस्ता प्रतिस्पर्धाले लक डाउनको बेला ट्रेनिङ स्थल सम्म आएर ट्रेनिङ गर्न नपाएका खेलाडीहरुको मनोबल उच्च पार्ने भएकाले आगामी दिनमा पनि गर्दै जाने संयोजक पोखरेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button