पोखरामा अन्य क्षेत्रको फलफुल तथा तरकारी भित्रन रोक लगाइने

पोखरा ।  पोखरा महागनरले कोरोना संक्रमणको उच्च जोखिमlलाइ कम गर्न र आगामी दिनहरुमा संक्रमण फैलिन नदिन अन्य क्षेत्रको फलफुल तथा तरकारी भित्रन रोक लगाउने भएको छ ।

कास्की जिल्ला बाहेक अन्य स्थानबाट पोखरामा फलफुल तथा तरकारी भित्रन नदिन आवश्यक कार्य गर्न महानगरलाई सिफारिस गर्ने निर्णय गरेको महानगरका अनुगमन अधिकृत किरण कोइरालाले जानकारी दिए ।

कोरोना संक्रमण फैलिने डर भएकाले कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले बाहिरबाट ल्याइने फलफुल तथा तरकारी पोखरा भित्रिन नदिने निर्णय गरेको कोइरालाले बताए ।

जिल्ला बाहिरबाट हुने आयातलाई पूर्ण रुपमा रोकेमा मात्र फलफुल तथा तरकारीबाट हुनसक्ने संक्रमणको जोखिम कम हुने  उनले जनाए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button