पोखरामा अपार्टमेण्टमा काम गर्ने व्यक्ति मृत फेला

पोखरा ।  पोखरामा  निर्माणाधिन एक अपार्टमेण्टमा काम गर्ने व्यक्ति मृत फेला परेका छन् ।

पोखरा महानगरपालिका-१८ सेदी स्थित निर्माणाधिन अन्नपूर्ण केबलकार नजिकै बन्दै गरेको अपार्टमेण्टमा काम गर्ने कञ्चनपुर पुनर्बास नगरपालिका-२ का  ४५ वर्षीय पदम लामा  सोमबार बिहान मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

बिहान करिव  १०:५० बजेको समयमा काम गर्ने क्रममा अचानक ढलेका उनको  मृत्यु भएको बताइएको छ ।

घटनाका विषयमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button