पोखराका ५ क्वारेन्टिनमा भारत र तराईबाट आएका १ सय १७ जना, सबैको स्वाव संकलन

पोखरा । पोखरा महानगरपालिकाद्वारा सञ्चालित पाँच क्वारेन्टिनमा १ सय १७ जना रहेको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

महानगरले संचालन गरेका लेकसिटी क्वारेन्टिन ‘व्लक बि’ , पोखरा ५ स्थित कृषी केन्द्र रेशम खेतीको क्वारेन्टिन, पोखरा ५ स्थित बाराही मा.वी., पोखरा २९ लेखनाथ स्थित जनप्रकाश मा.वी. र पोखरा ३० स्थित त्रिभुवन शान्ती मावीमा छिमेकी देश भारत र तराईबाट आएका  १ सय १७ जना रहेको महाशाखाले जनाएको हो ।

शुक्रबार  लेकसिटी क्वारेन्टिन ‘व्लक बि’ र पोखरा ५ स्थित कृषी केन्द्र रेशम खेतीको क्वारेन्टिनमा ८२ जना पुरुष र १२ जना महिला गरि ९४ जना रहेकोमा क्वारेन्टिनमा रहेको संख्या शनिवार २३ जना थप हुँदै १ सय १७ जना पुगेको छ ।

लेकसिटी क्वारेन्टिन ‘व्लक बि’ ४३ पुरुष र ८ महिला गरि ५१ जना र मालेपाटन कृषी केन्द्रमा ४० जना पुरुष र ६ महिला सहित ४६ जना, वाराही मा.वी. १४ जना पुरुष, जनप्रकाश मा.वी. मा ४ जना पुरुष र त्रिभुवन शान्ती मावीमा २ जना पुरुष रहेको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले पोखरा न्यूजलाई  जानकारी दिए ।

क्वारेन्टिनमा अहिले  भारत लगायत नेपालको तराईबाट आएकाहरुलाई राखिएको र उनीहरुको स्वास्थ्य जाँच भइरहेको  स्वास्थ्य महाशाखाका निरिक्षक फुलदेव तिम्सिनाले बताए । क्वारेन्टिनमा रहेकाहरुको  स्वाव संकलन गरिसकिएको  र पिसीआर परीक्षण हुदै गरेको तिम्सिनाले जनाए ।

क्वारेन्टिनमा रहेकाहरुलाई खान, बस्न लगाएत आवश्यक सामाग्रीहरु उपलव्ध गराइएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button