गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार गरी पोखरा ल्याइयो

पोखरा ।  अत्याधिक रक्तश्राव भएपछि एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार गरी पोखरा ल्याइको छ ।

निरन्तर रक्तश्रावपछि  म्याग्दी अन्नपूर्ण गाउँपालिका ५ सिखकी नर्दिता गर्बुजालाई उद्दार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ल्याइएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गर्भवती गर्बुजाको स्वास्थ्य जटिल भएपछि  उपचारका लागि सामाजिक बिकास मन्त्रालयले हेलिकप्टर मार्फत उद्दार गरि पोखरा ल्याएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button