नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउसो थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये पुरुषको संख्या १ हजार ९ सय ४९ र  महिलाको संख्या १ सय ५०  जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ६१ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय ६६ जना निको भएर घर फर्किसकेका छन् । जसमा २ सय १२ जना पुरुष  र ५४ जना  महिलाहरु रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट २ बर्षीया बालिकासहित ८ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button