गण्डकीका ४ जिल्लाका थप २५ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपुरका २३ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्रबार बिहान तनहुँका ब्यास  २ जना पुरुष स्याङ्जा कालिगण्डकी गाउँपालिकाका १ पुरुष, बाग्लुङ बरेङ् गाउँपालिकाका १ पुरुष तथा नवलपुर गैडाकोट र कावासोती नगरपालिकाका  १७  जना पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ९२ पुगेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले  ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button