तनहुँमा करेन्ट लागेर एक महिलाको मृत्यु

पोखरा । तनहुँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान ११ बजे तनहुँ व्यास नगरपालिका-६ सेखाटारकी ५८ वर्षीया हेकुठिनी श्रेष्ठलाई मिक्स्चर चलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते श्रेष्ठलाई उपचारका लागि रत्नहरि अस्पताल लगिएकोमा दिउँसो साढे १२ बजे मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button