जिवनको ‘बिन्ती सुनिदेउन’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

पोखरा।  ‘माया यो कस्तो माया’, ‘दुरी’, ‘म मर्दा रुन बस्नेहरुलाई’, ‘जिवनसंगीनि’ गीतहरुका कारण दर्शक स्रोतामाझ चिनिएका गायक तथा संगीतकार जिवन सुनारले नयाँ गीत दर्शकमाझ पस्केका छन् । ‘बिन्ती सुनिदेउन’ बोलको गीत भिडियो सहित शुक्रबार सार्वजनिक भएको हो । गीतको लागि संगीत सिर्जना सुनारले नै गरेका छन् । गीतको रचना भने नेत्र गुरुङसँग मिलेर गरेका हुन् ।

यो गीतको भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका छन् । नेपाली चलचित्र र रंगमञ्चमा स्थापित बनिसकेका कलाकार प्रकाश घिमिरेको जिवन्त अभिनयले भिडियोलाई परिपक्क हुन सघाएको छ । कलाकारहरु प्रमिला तुलाचन, दिपिका क्षेत्री, राजेन्द्र गहतराजसँगै पोखराका विभिन्न क्षेत्रका व्यक्तिहरुको अभिनय हेर्न पाइन्छ । भिडियोलाई आर्कषक बनाउन सबैको उतिकै मेहनत देखिन्छ ।

भिडियोलाई मिलन शंकरले खिचेका हुन् । निर्देशक गुरुङ आफैले सम्पादन गरेको भिडियोलाई किरणराज थापाले रंग सँयोजन गरेका छन् । योगेश काजीको एरेन्ज रहेको गीतको भिडियो निर्माणमा विजयराज अधिकारीले व्यवस्थापनको भुमिका निभाएका छन् ।
कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई एउटा पात्र मार्फत भिडियोमा देखाउन खोजिएको छ । नेत्र इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतीमा तयार भएको भिडियोलार्ई नेत्र इन्टरटेनमेन्ट प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button