काठमाडौँमा सवारी दुर्घटनामा परी १ सय ४५ जनाले ज्यान गुमाए

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १ सय ४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १ सय ४५ व्यक्तिको मृत्यु भएको हो । जसमा १ सय १७ पुरुष र २८ महिला रहेका छन् । यस्तै २ सय २९ व्यक्ति गम्भीर घाइते तथा ६ हजार १ सय ९५ सामान्य घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना सवारीसाधनमध्ये दुईपाङ्ग्रे बढी रहेका छन् । जसमा छ हजार ६ सय ३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । यस्तै, छ हजार २ सय २० काररभ्यानरजीप, दुई हजार ३३ बस, एक हजार ६ सय ३२ ट्रकरटिपर, २ सय ६७ माईक्रोबस, १ सय ४५ टेम्पो र १ सय ३२ शारीरिक शक्तिबाट चल्ने सवारी साधन दुर्घटना भएका छन् ।

दुर्घटनामा ४७ पैदलयात्रु, ट्रकबाट पाँच, साइकलबाट पाँच, बसबाट छ, टिपरबाट तीन र कारबाट तीनजनाको मृत्यु भएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँछन् । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उनले भने ।

चालकको लापर्वाही, यात्रुको गल्ती, प्रतिस्पर्धाले उछिन्ने काम, तीव्रगति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहुँगो सामान बोक्दा धेरै दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा गत वर्ष सवारी दुर्घटनाका कारण २ सय ५४ जनाको मृत्यु भएको थियो । काठमाडौँ उपत्यकामा हाल सानाठूला १२ लाख तथा देशभर झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button