टिपर सडकबाट ६ सय मिटर तल खस्दा २ जनाको मृत्यु

झिमरुक। प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।

सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

उनका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button