कक्षा ११ को नतिजा पनि आन्तरिक मुल्यांकनबाटै

पोखरा । कोरोना महामारीका कारण एसईईपछि अब कक्षा ११ को नतिजा पनि आन्तरिक मुल्यांकनबाटै हुने भएको छ ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ को परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको हो । आन्तरिक मुल्यांकन कसरी गर्ने भन्ने कार्यविधि भने राष्ट्रिय परीक्षा बोर्डले बनाउने छ । कक्षा ११ को परीक्षा नहुने भए पनि कक्षा १२ को परीक्षा भने अनुकुल समयमा गरिने जनाइएको छ म

गत वैशाख २१ गतेका लागि निर्धारण गरिएको कक्षा ११ को परीक्षा कोरोना महामारीले गर्दा अनिश्चितकालसम्म पछि धकेलिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button