ताजमहल खुला गर्दै भारत

पोखरा । कोरोना महामारीबीच नै भारतले पर्यटकीय केन्द्र ताजमहल पर्यटकका लागि खुला गर्ने भएको छ ।

विगत केही दिन भारतमा रेकर्ड कोरोना संक्रमित फेला पर्दै आए पनि ताजमहल भने खुला गरिने भएको हो । आगरामा अवस्थित भारतकै एक प्रमुख गन्तव्य ताजमहल खोलिए पनि त्यहाँ घुम्न सामाजिक दुरी लगायत विभिन्न सुरक्षाका प्रोटोकलहरु भने मान्नु पर्ने हुनेछ । ताजमहल भ्रमण पर्यटकहरुले पूरा गर्नु पर्ने विभिन्न नियमहरुमा अनिवार्य मास्कको प्रयोग देखि सामाजिक दुरी कायम तथा कतै छुन नपाइने सम्म रहेका छन् ।

त्यस्तै एक दिनमा ताजमहल घुम्न पनि अब ५ हजार भाग्यमानीले मात्र पाउने छैन । कोरोना महामारी अघि दैनिक ८० हजारसम्म पर्यटकले भ्रमण गर्ने ताजमहलमा यो संख्या भने निकै न्यून हो । ताजमहलको वरिपरीका कतिपय स्थान कोरोना महामारीले अति प्रभावित भएर कन्टेनमेन्ट जोन समेत घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय उडान बन्द गरिएको अवस्थामा भारतमा आन्तरिक पर्यटकका लागि यी स्थानहरु खुला गरिएको हो । ताज महलसँगै भारतमा नयाँ दिल्लीको ऐतिहासिक रेड फोर्ट पनि खोलिने भएको छ । विश्वकै दोस्रो सर्वाधिक जनसंख्या भएको भारतमा कोरोना संक्रमितको संख्या करिब ६ लाख ७५ हजार पुगिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button