पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

पोखरा । पोखरामा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-५ जिरो किलोमिटरस्थित कालिका पेट्रोल पम्प अगाडि लु ५९ प ८७८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानमा बस्ने ५१ वर्षीया रुपा सिंहको मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी सिंहलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घटनामा मोटरसाइकल चालक १९ वर्षीय नारायण प्रसाद आचार्य पनि गम्भीर घाइते भएको र रिजन अस्पतालमा उपचार
भइरहेको प्रहरीले जनाएको छ । प्रहरी मोटरसाइकल नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button