पोखराको सेती नदी थुनिदा तालमा परिणत

पोखरा न्यूज  । गए राति परेको अविरल वर्षातका कारण पोखराको रामघाट क्षेत्र डुवानमा परेको छ । वर्षातको कारण  सेती नदीको वहाव बढेपछी पोखरा १० स्थित रामघाट क्षेत्र तालमा परिणत भएको छ ।

लगातारको वर्षात पश्चात नदीले लेदो माटो सहित काठका मुढा र गेग्रान रामघाट क्षेत्रको साँघुरो निकासमा थुपारेपछी रामघाट क्षेत्र जलमग्न भएको हो ।

सो क्षेत्रमा केह टहरा र सुकुम्बासी बस्तीमा रहेका वासिन्दाहरुलाई गएराति नै प्रहरी पठाएर सुरक्षित स्थानमा सर्न आग्रह गरि डुबानको जोखिममा पर्नबाट जोगाइएको  जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले  बताए ।

एसपी  श्रेष्ठका अनुसार शुक्रबार दिउसो नदीको वहाब सुकुम्बासी बस्तीमा पस्न जाँदा  व्यावसायिक रुपमा पालिएका १ सय ५८ वटा बंगुर र १९ कुखुरा नदिले बगाएको छ ।

अहिले रामघाट क्षेत्रमा पानीको बहाब घट्ने क्रममा रहेकाले थप डुबानको सम्भाबना नरहेको एसपी श्रेष्ठले  बताए । यद्यपी वर्षातको समय रहेकाले थप पानि पर्ने सभ्वाबना रहेको जनाउदै सतर्कता अपनाउन सबैलाई उनले  आग्रह गरेका  छन् ।

वर्षात पछि पोखरा क्षेत्रका डेभिड फल्स, फुर्सेखोला लगायतका विभिन्न खहरे खोलाहरुमा पानीको बहाब बढेको छ भने छोरेपाटन, कमलपोखरी लगायतका केहि भू-भाग समेत डुवानमा परेका छन् ।

तस्वीर : राधिका कँडेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button