पोखरामा ‘सुर-साधना’ सांगीतिक कार्यक्रम पुन: सुचारु

पोखरा । कोरोना महामारीका कारण रोकिएको ‘सुर–साधना’ सांगीतिक कार्यक्रम पुन सुचारु भएको छ । पोखरामा हरेक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको यो कार्यक्रम गत फागुन महिनाबाट हुन सकेको थिएन ।

पोखरा थिएटरको गन्दर्भ नाटकघरमा आयोजित ‘सुर–साधना’ कार्यक्रमको शनिबारको श्रृखलामा नयाँ पुस्ताका कलाकारले पुराना गीत सुनाए । भौतिक दुरी ख्याल गरी आयोजना गरिएको कार्यक्रम सामाजिक सञ्जालबाट लाइभ गरिएको थियो ।

यसरी गायन प्रस्तुती राख्नेमा रोम तामाङ, सन्तोष बस्याल, जय चापागाई, प्राप्ति तुलाचन, धुव्र पौडेल, योगेश गौतम,सुर्य घताने रहेका थिए । उनीहरुले पुराना श्रष्टाका गीत सुनाउदै माहोल संगीतमय बनाए । उनीहरुलाई पियानोमा रोम तामाङ, तालबाजामा मिलन गिरी र जय चापागाई, गीतारमा सुनिल घलेले साथ दिए । अन्तिम प्रस्तुतीको रुपमा राखिएको मिलन गिरीको तबलामा स्वतन्त्र वादन आर्कषणको रुपमा रह्यो ।

सुर–साधना अन्तर्गत यसअगाडि शास्त्रिय गायन, पुराना सर्जकका गीत, मालश्री गायन, आफ्नै सृजनामा पोखरेली संगीत, लोक लयमा आधारित गीत, पुराना नेपाली पप गीत गायन कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक रोम तामाङले बताए । अब यो कार्यक्रमलाई निरन्तरता दिने कला क्याफेका सञ्चालक समेत रहेका तामाङले जनाए ।

पोखरा थिएटर, संगीत प्रशिक्षण केन्द्र तथा कला क्याफेको संयुक्त आयोजनामा यो कार्यक्रम गर्ने गरिन्छ । संगीतको उत्थानको लागि आयोजित यो कार्यक्रम नयाँ प्रतिभाको लागि अवसर हुने गरेको छ । कार्यक्रमलाई अब निरन्तर रुपमा आयोजना गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

पोखराको सांगीतिक माहोललाई अगाडी बढाउदै नयाँ पुस्ताको आर्कषण संगीत क्षेत्रमा थप्ने यो कार्यक्रमले सघाउने आयोजकको विश्वास छ । निःशुल्क रुपमा प्रवेश गरी संगीतको धुन सुन्दै रमाउने अवसर यो कार्यक्रममा मिल्ने गर्दछ । यो कार्यक्रम मार्फत आफ्नो प्रतिभा सुनाउन पाउँदा नयाँ पुस्ता उत्साहित हुने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button